default_image

4 years ago

September 25, 2021

इपिएलमा सर्वाधिक विकेट लिन सक्ने चार खेलाडी

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलिङ नेपाली क्रिकेटकै सर्वाधिक बलियो हतियार हो । नेपालको जितमा प्रमुख योगदान बलिङको रहँदै आएको छ । घरेलु र फ्रेन्चाइज लिगमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फ्रेन्चाइज लिगमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रहेपनि बलिङमा नेपाली बलर हाबी हुँदै आएका छन् ।

शनिबारदेखि टियु मैदानमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) सुरु हुँदै छ । प्रायः सबै फ्रेन्चाइज टोलीले विदेशी खेलाडीमा ब्याटरलाई बढी प्राथमिकतामा राखेका छन् । कुनैपनि बलर सफल हुन मैदान र पिचले निकै प्रभाव पार्दछ । नेपाल स्पिनरको लागि बढी सहयोगी मानिन्छ । तर पछिल्लो समय टियु मैदानमा तीव्र गतिका बलरले त्यसलाई गलत सावित गर्दै आएका छन् ।

कोरोना महामारीको कारण टियु पिचलाई ६ महिना विश्राम, आउँट फिल्टमा हरियो घाँस र पिचमा दुबो हुँदा तीव्र गतिका बलरले भरपूर्ण फाइदा उठाउन सक्छन् । इपिएलमा सर्वाधिक विकेट लिन सक्ने चार खेलाडी खेलाडी यस प्रकार छन् ।

४.अभिनाष बोहरा (भैरहवा)

नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर अभिनाष बोहरा टि२० विशेष बलर हुन् । अभिनाष नेपाली टोलीमा टि२० विशेष बलरको दुई वर्षयता खेल्दै आएका छन् । अभिनाष डेथ ओभरका प्रमुख बलर हुन् । अभिनाषलाई पिचको बारे राम्रोसँग जानकार छ । जसको भरपूर्ण फाइदा उठाउन सक्छन् । अभिनाषले पछिल्ला दुई घरेलु प्रतियोगिता प्रधानमन्त्री एकदिवसिय प्रतियोगिता र काठमाडौं मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अभिनाष पिएमकपमा ५ खेलमा १४ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिए । ओमान भ्रमणमा अभिनाषले मौका पाएका थिएनन् । त्यसले गर्दा अभिनाषले थप उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छन् । डेथ ओभरमा उत्कृष्ट प्रदर्शनका साथ सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

३. करण केसी (विराटनगर)

नेपाली टोलीका तीव्र गतिका बलर करण केसीले विराटनगरको कप्तानी गर्ने छन् । करण तल्लोक्रममा ठूला सट प्रहार गर्नेछन् । विराटगरलाई शीर्ष चारमा रहेर प्लेअफ खेल्न करणको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । करण दबाबमा अझ राम्रो प्रदर्शन गर्नेगर्दछन् । उनले नयाँ र पूरानो दुबै बलमा उच्च प्रदर्शन गर्न सक्छन् ।

करणको बलमा बाउन्स पनि छ । ओमान भ्रमणको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध ४ विकेट लिँदै करण उच्च मनोबलका साथ स्वदेश फर्किएका छन् । टियुको पिचमा भरपूर्ण फाइदा उठाउँदै सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

२. केज्रिक विलियम्स (पोखरा)

वेस्टइन्डिजका तीव्र गतिका बलर केज्रिक विलियम्स यस सिजनको इपिएलमा विदेशी बलरको रुपमा सर्वाधिक ठूलो नाम गरेका खेलाडी हुन् । भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड लगायतका विश्वस्तपरय टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरि सकेका विलियम्स इपिएलका विपक्षी फ्रेन्चाइज टोलीलाई घातक बन्न सक्छन् । केज्रिकको बलमा अनुशासित लाइन र लेन्थ छ । विपक्ष खेलाडीको कमजोरी पत्ता लगाउँदै त्यहिँ अनुसार बल गर्नेगर्दछन् । उनीसँग विश्वस्तरिय खेलाडीसँग खेलेको अनुभव छ । जसको भरपूर्ण फाइदा उठाउँदै सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् । उनले वेस्टइन्डिजबाट २६ टि२० आई खेलमा ४१ विकेट लिएका छन् ।

१.सन्दीप लामिछाने (काठमाडौं)


काठमाडौं किंग्स इलेभेनका कप्तान सन्दीप लामिछाने यस इपिएलमा घातक बन्न सक्ने बलर हुन् । विश्वस्टार सन्दीप पछिल्लो समय उत्कृष्ट लयमा छन् । ओमान भ्रमणमा सन्दीपले ६ खेलमा १८ विकेट लिँदै उच्च मनोबलका साथ फर्किएका छन् । स्वदेशी र विदेशी दुबै खेलाडीको कमजोरी सन्दीपलाई राम्रोसँग थाहा छ । इन्डियन प्रिमियर लिग देखि क्यारेविन प्रिमियर लिग जस्ता विश्व प्रसिद्ध फ्रेन्चाइज लिग खेलेका सन्दीपलाई राम्रो अनुभव छ ।

सन्दीपको बलको सामना गर्न विपक्षी टोलीका खेलाडीलाई केहि मनोबल दबाब पनि पर्नसक्छ । त्यसको सन्दीपले भरपूर्ण फाइदा उठाउँदै सर्वाधिक विकेट लिने बलर बन्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.