default_image

4 years ago

September 24, 2021

बेंगलोरलाई हराउँदै चेन्नई शीर्षस्थानमा

255 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईका सुरेश रैना १० बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कप्तान महेन्द्रसिंह धोनी ९ बलमा २ चौका सहित ११ रनमा अविजित रहे । चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ८.२ ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर युजभेन्द्र चहलले कप्तान विराट कोहलीबाट ऋतुराजलाई ३८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । ऋतुराजले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । फाफ डु प्लेसिस २६ बलमा २ चौका र २ छक्का सहित ३१ रनमा क्याच आउट भए । डु प्लेसिस ग्लेन म्याक्सवेलको बलमा नवदीप सैनीबाट क्याच हुन पुगे । मोईन अली १८ बलमा २ छक्का सहित २२ रनमा क्याच आउट भए । बेगलोरका हर्षल पटेलले सर्वाधिक दुई विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले ५० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । कप्तान विराट कोहलीले ४१ बलमा ६ चौका र १ छक्का सहित ५३ रनको योगदान दिए ।

बेंगलोरलाई कोहली र पाडिक्कलले पहिलो विकेटका लागि १३.२ ओभरमा १ सय ११ रनको उत्कृष्ट साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । ड्वेन ब्राभोको बलमा कोहली रविन्द्र जडेजाबाट क्याच आउट भएपछि बेंगलोरले रन बनाउन सकेको थिएन । एवि डिभिलियर्स १२, म्याक्सवेल ११ रनमा आउट भए । एक समय १६.४ ओभरमा १४०-१ को अवस्थामा रहेको बेंगलोर लगातार विकेट गुमाएपछि सस्तैमा समेटिएको थियो ।

चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुरले दुई र दीपक चाहरले एक एक विकेट लिए ।

अंक तालिका

चेन्नई सुपर किंग्स ९ खेलमा ७ जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ४ जित र ५ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ४ मा हार र ४ मा जित सहित ८ अंकका साथ पाँचौ स्थानमा छ । मुम्बई इन्डियन्स ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै छैटौ स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.