4 years ago
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय र ठूलो पुरस्कार रकम राशी भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) आजदेखि टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिता लिगको आधारमा हुनेछ । लिगका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

इपिएलमा सबै टोलीले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन् । इपिएल यस सिजनका सर्वाधिक ठूला नाम पाकिस्तानका पूर्वस्टार क्रिकेटर शाहिद अफ्रिदी हुन् । नेपालमा दुई वर्षपछि फ्रेन्चाइज लिग क्रिकेट फर्किदै छ । इपिएल २०१८ पछि पहिलो पटक हुन लागेको हो । राष्ट्रिय टोलीको व्यस्त कार्यतालिका र कोरोना कारण इपिएल मिति सर्दै आएको थियो ।
काठमाडौं किंग्स इलेभेन, चितवन टाइगर्स, पोखरा राइनोज, ललितपुर प्याट्रियटर्स, विराटनगर वारियर्स र भैरहवा ग्ल्याडियटर्स गरि ६ टोलीबीच प्रतिस्पर्धा गर्नेछन् । उद्धघाटन खेलमा काठमाडौं र ललितपुरबीच प्रतिस्पर्धा हुने हुँदै छ ।
विगतको नतिजा
पहिलो संस्करणको इपिएलको उपाधि पञ्चकन्या तेजले जितेको थियो । पञ्चकन्याले फाइनलमा कलर्स एक्स फ्याक्टसलाई ४० रनले पराजित गरेको थियो । दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले जितेको थियो । विराटनलरले फाइनलमा भैरहवालाई एक रनले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ को फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले पराजित गरेको थियो ।
खेल हुने स्थान र समय : सबै खेल टियु मैदानमा हुने छन् । दिनमा एक खेल भएको समयमा हरेक दिन दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ । दिनमा दुई खेल भएको समयमा बिहान ९ः३० र दिउँसो १ : ३० बजे सुरु हुने छन् । नेपालमा खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ ।

इपिएल नखेल्ने नेपाली खेलाडीहरु :
यस सिजनको इपिएलमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी, पृथु बाँस्कोटा, ललितसिंह भण्डारी, सागर पुन, दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडीहरु खेल्ने छैनन् ।
इपिएलमा विदेशी खेलाडी
यस पटक इपिएलमा २४ विदेशी खेलाडी छन् । हरेक टोलीमा चार चार विदेशी खेलाडीहरु छन् । इपिएलमा मलेसिया, सिंगापुर, क्यानडा, भुटान, जिम्बावे, श्रीलंका, अफगानिस्तान, पाकिस्तान बंगलादेश, वेस्टइन्डिज, दक्षिण अफ्रिका खेलाडीबाट विदेशी खेलाडी छन् । सर्वाधिक श्रीलंकाबाट ८ खेलाडी छन् ।
पुरस्कार राशि : विजेताले नेपाली क्रिकेटकै सर्वाधिक ठूलो पुरस्कार राशि ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस सिजनमा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको थियो । इपिएलको मुख्य प्रायोजकका रुपमा बजाज पल्सर छ । बजाजले इपिएललाई यस संस्करणका लागि २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने बुझिएको छ ।
सम्पूर्ण टोलीहरु :
भैरहवा टोली : शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया) मुख्य प्रशिक्षक : पुबुदु दसानायिके
विराटनगर टोली :
करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर तथा उपकप्तान) , सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी. रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका)
मुख्य प्रशिक्षक : मनोज कटवाल
काठमाडौंको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।

मुख्य प्रशिक्षक : कलाम अली
पोखरा टोली : विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चाचिगे (श्रीलंका) ।
मुख्य प्रशिक्षक : उमेश पटवाल
ललितपुरको टोली :
कुशल भुर्तेल (कप्तान), सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ, नागराज सिंह, मिक्यो दोर्जी(भुटान), आजमतुल्लाह ओमरजाई(अफगानिस्तान), सन्दुन वीराक्कोडी(श्रीलंका) ओशदा फर्नान्डो (श्रीलंका)
मुख्य प्रशिक्षक : राजु बस्नेत
चितवन टाइगर्स टिम
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया) खेलाडी छन् ।
मुख्य प्रशिक्षक : सामसनजंग थापा,
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]