4 years ago
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा आज ललितपुर प्याट्रियटर्स र काठमाडौं किंग्स इलेभेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो टियु मैदानमा १२ः१५ मा सुरु हुनेछ ।

दुबै टोलीका कप्तानले इपिएलमा कप्तानी डेब्यू गर्दैछन् । काठमाडौंको नेपाली लेगस्पिनर सन्दीप लामिछानेले कप्तानी गर्नेछन् । सन्दीपले यसअघि २०१८ मा ललितपुरबाट दुई खेल खेलेका थिए । सन्दीपले पोखरा प्रिमियर लिगमा विराटनगर किंग्स, नेपालका लागि यू१९ टोली र काठमाडौं मेयर्स कपमा काठमाडौं–११ को कप्तानी गरि सकेका छन् ।
ललितपुरको युवा ओपनर कुशल भुर्तेलले गर्नेछन् । कुशलले हालसम्म कप्तानी गरेका छैनन् । उनले पहिलो पटक कप्तानी गर्दैछन् । दुबै खेलाडीको कप्तानी निकै महत्वपूर्ण हुनेछ । कुशल र सन्दीप वर्तमान नेपाली टोलीका प्रमुख खेलाडी हुन् । नेपालका प्रमुख खेलाडी हुँदा इपिएलमा राम्रो गर्नसके सिनियर टोलीको सम्भावना खुल्नेछ ।
पाकिस्तानका शाहिद अफ्रिदी र जिम्बावेका रयान बर्ल काठमाडौंका स्टार विदेशी खेलाडी हुन् । अफ्रिदीले सुरुवाती दुई खेलमात्र खेल्ने छन् । विश्वका एक सर्वोत्कृष्ट अलराउन्डर अफ्रिदी आफ्नो विष्फोटक ब्याटिङ टियुमा देखाउन चाहन्छन् । नेपाली समर्थक पनि अफ्रिदीको खेल हेर्न आतुर छन् । तर ढल्किदो उमेरका कारण उनको प्रदर्शन अपेक्षा अनुसार नहुन सक्छ । काठमाडौंको ओपनिङ अमित श्रेष्ठ र सुवास खकुरेलले गर्ने सम्भावना छ । तेस्रो नम्बरमा अफगानिस्तानका रमानउल्लाह गुरबाज गर्नेछन् ।

चौथो नम्बरमा रयान बर्ल र पाँचौमा अफ्रिदी देखिन्छन् । यी दुबै खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण छ । बायाँ हाते बर्लले जिम्बावेबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सिद्धान्त लोहनीले छैटौं नम्बरमा ब्याटिङ गर्नसक्छन् । सिद्धान्त नेपाली टोलीमा पूनरागमन गर्न संघर्षरथ छन् । सिद्धान्तको भूमिका आक्रामक अन्त्य गर्ने हुनेछ । अमरसिंह राउटेला सातौ र गुलशन झा आठौं नम्बरमा खेल्नसक्छन् ।
राउटेला तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्नेगर्दछन् । तीव्र गतिका बलर गुलशन आफ्नो बाउन्सरमा टोलीको जित सहज बनाउन चाहन्छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । सन्दीप लामिछाने, जितेन्द्र मुखिया र शेर मल्ल तल्लोक्रमा खेल्ने छन् । सन्दीप, अफ्रिदी र बर्ल काठमाडौंमा मुख्य हतियार हुन् । सन्दीप र बर्ल उच्च लयमा छन् ।
कुशल भुर्तेलले नेपाली टोलीबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनीमाथि कप्तानी जिम्मेवारी थपिएको छ । अन्तिम समयमा कप्तान ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने जनाएका थिए । कुशल र श्रीलंका ओशदा फ्रर्नान्डोले ललितपुरको ओपनिङ गर्नेछन् । कुशललाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ । कप्तानी भूमिका दबाबमा कसरी खेल्छन् त्यो हेर्न बाँकी छ । युवा खेलाडीको बाहुल्यता रहेको ललितपुरमा परिपक्क खेलाडीको कमी छ ।

शंकर राना, सन्दीप जोरा, पवन सरार्फ र भुटानका मिक्यो दोर्जीले मध्यक्रम सम्हाल्नेछन् । नेपाली टोलीबाट खेलि सकेका पवन र सन्दीपको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । भारतमा क्रिकेट खेल्दै आएका भुटानका हार्डहिटर मिक्यो ललितपुरको नायक बन्नसक्छन् । उनी ठूलो सटमा क्षमता राख्ने खेलाडी हुन् । उच्च प्रदर्शनका साथ सबैलाई सरप्राइज दिन सक्छन् ।
अफगानिस्तानका अलराउन्डर अजमाहतुल्लाह ओमरजाई तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । ललितपुरको तल्लोक्रममा अजमाहतुल्लाहसँगै सोनु तामाङ, योगेन्द्रसिंह कार्की र नारायण जोशी छन् । सोनु र नारायण तल्लोक्रममा आक्रामक ब्याटिङ गर्नसक्छन् । स्पिनरमा ललितनारायण राजवंशी र सूर्य तामाङको सम्भावना छ । तीव्र गतिका प्रमुख बलरमा कमल खत्रीलाई खेलाउन सक्छ । योगेन्द्र, नारायण, अजमाहतुल्लाह सोनुले पनि तीव्र गतिको बलिङ युनिटलाई साथ दिनेछन् । कुशल, मिक्यो र पवन प्रमुख हतियार हुन् ।

कागजीरुपमा ललितपुर भन्दा काठमाडौं बलियो देखिन्छ । ललितपुरमा भरपर्दा ब्याट्सम्यान र तीव्र गतिका बलरको कमी छ । काठमाडौंको तुलनात्मक रुपमा ब्याटिङ र तीव्र गतिको बलिङ युनिट कमजोर देखिन्छ ।
हेड टु हेड : इपिएलमा काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । तीनै खेलमा ललितपुर विजयी भएको छ । २०१८ मा ललितपुरले काठमाडौंलाई एक रन र १० विकेटले पराजित गरेको थियो । २०१७ मा ललितपुर ७ विकेटले विजयी भएको थियो ।
काठमाडौंको टोली : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।
मुख्य प्रशिक्षक : कलाम अली
ललितपुरको टोली :
कुशल भुर्तेल (कप्तान), सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ, नागराज सिंह, मिक्यो दोर्जी(भुटान), आजमतुल्लाह ओमरजाई(अफगानिस्तान), सन्दुन वीराक्कोडी(श्रीलंका) ओशदा फर्नान्डो (श्रीलंका)
मुख्य प्रशिक्षक : राजु बस्नेत
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]