default_image

3 years ago

September 25, 2021

ललितपुरविरुद्ध काठमाडौं टस जितेर फिल्डिङमा

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा भएको टसमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दीप र ललितपुरका कप्तान कुशल भुर्तेलले इपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् । सन्दीपले यसअघि २०१८ मा […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा भएको टसमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । सन्दीप र ललितपुरका कप्तान कुशल भुर्तेलले इपिएलमा पहिलो पटक कप्तानी गरेका हुन् ।

सन्दीपले यसअघि २०१८ मा ललितपुरबाट दुई खेल खेलेका थिए । सन्दीपले पोखरा प्रिमियर लिगमा विराटनगर किंग्स, नेपालका लागि यू१९ टोली र काठमाडौं मेयर्स कपमा काठमाडौं–११ को कप्तानी गरि सकेका छन् ।

ललितपुरमा आजको टोलीमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी खेलेका छन् । ललितपुरले तीन विदेशी खेलाडीमा मिक्योसँगै श्रीलंका सन्दुन वीराकीडो र ओशदा फर्नान्डोलाई खेलाएको छ । काठमाडौंले विदेशी खेलाडीको रुपमा शाहिद अफ्रिदी, रहममानउल्लाह गुरबाज र रयान बर्ललाई खेलाएको छ ।

हेड टु हेड : इपिएलमा काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । तीनै खेलमा ललितपुर विजयी भएको छ । २०१८ मा ललितपुरले काठमाडौंलाई एक रन र १० विकेटले पराजित गरेको थियो । २०१७ मा ललितपुर ७ विकेटले विजयी भएको थियो ।

काठमाडौंको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल (जिम्बावे), शाहिद अफ्रिदी ( पाकिस्तान), रहमानउल्लाह गरबाज ।

ललितपुरको प्लेइङ ११ :

कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी(भुटान), सन्दुन वीराक्कोडी (श्रीलंका) ओशदा फर्नान्डो (श्रीलंका)

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

Success

Thank you for your time.