4 years ago
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) उद्धघाटन खेलमा ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भएका भएका छन् । टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालको ललितपुरले सुरुवाती एक ओभरमा ३ रन जोड्दै २ विकेट गुमाएको छ ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाको बलमा ठूलो सट खेल्ने धुनमा कुशल भुर्तेल पहिलो बलमै टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच आउट भएका छन् ।
ललितपुरमा आजको टोलीमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी खेलेका छन् । ललितपुरले तीन विदेशी खेलाडीमा मिक्योसँगै श्रीलंका सन्दुन वीराकीडो र ओशदा फर्नान्डोलाई खेलाएको छ । काठमाडौंले विदेशी खेलाडीको रुपमा शाहिद अफ्रिदी, रहममानउल्लाह गुरबाज र रयान बर्ललाई खेलाएको छ । मुखियाले अन्तिम बलमा श्राीलंका ब्याट्सम्यान सन्दुन वीराक्कोडीलाई दुई रनमा क्याच आउट गराउँदै काठमाडौंलाई उत्कृष्ट सुरुवात दिलाएका छन् ।
हेड टु हेड : इपिएलमा काठमाडौं र ललितपुरबीच तीन खेल भएका छन् । तीनै खेलमा ललितपुर विजयी भएको छ । २०१८ मा ललितपुरले काठमाडौंलाई एक रन र १० विकेटले पराजित गरेको थियो । २०१७ मा ललितपुर ७ विकेटले विजयी भएको थियो ।
काठमाडौंको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल , शाहिद अफ्रिदी. रहमानउल्लाह गरबाज ।
ललितपुरको प्लेइङ ११ :
कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी सन्दुन वीराक्कोडी, ओशदा फर्नान्डो
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]