4 years ago
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्र्सका युवा अलराउन्डर पवन सरार्फले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले १५ ओभरमा ४ विकेट गुमाउँदै १ रन १३ बनाएको छ ।

पवन सरार्फ ४० बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा अविजित छन् । योगेन्द्रसिंह कार्की १५ बलमा ३ छक्का सहित ३२ रनमा खेलि रहेका छन् । पवनले ४० बलमा ५० रन पूरा गर्दै यस सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।
तीव्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पहिलो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । अन्तिम बलमा जितेन्द्रले श्रीलंका ब्याट्सम्यान सन्दुन वीराकोडीलाई २ रनमा राजु रिजालबाट क्याच गराएका थिए ।

दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गुलशन झाले श्रीलंका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई चार रनमा एलबीडब्लू आउट गर्दै ललितपुरलाई ७–३ को अवस्थामा पुर्याएको थियो । चौथो विकेटका लागि पवन सरार्फ र शंकर रानाले ५६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ उकासेका थिए ।
जितेन्द्रले दशौं ओभरको अन्तिम बलमा शंकरलाई गुरबाजबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । पाँचांै विकेटका लागि पवन र योगेन्द्रले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका छन् ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]