default_image

4 years ago

September 25, 2021

पवनको अर्धशतकमा ललितपुरको काठमाडौंलाई प्रतिस्पर्धात्मक लक्ष्य

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फको अर्धशतकको सहयोगमा साविक विजेता ललितपुर प्याट्रियटर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए ।

तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।

तीव्र गतिका बलर जितेन्द्र मुखियाले पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल भुर्तेललाई शून्यमा आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । कुशल पहिलो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । अन्तिम बलमा जितेन्द्रले श्रीलंका ब्याट्सम्यान सन्दुन वीराकोडीलाई दुई रनमा राजु रिजालबाट क्याच गराएका थिए ।
दोस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर गुलशन झाले श्रीलंका ब्याट्सम्यान ओशदा फर्नान्डोलाई चार रनमा एलबीडब्लू आउट गर्दै ललितपुरलाई ७–३ को अवस्थामा पुर्याएका थिए ।

चौथो विकेटका लागि पवन सरार्फ र शंकर रानाले ५६ रनको साझेदारी गर्दै उत्कृष्ट पूनरागमन गराएका थिए । जितेन्द्रले दशौं ओभरको अन्तिम बलमा शंकरलाई गुरबाजबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । पाँचांै विकेटका लागि पवन र योगेन्द्रले ६२ रनको उत्कृष्ट साझेदारी गर्दै प्रतिस्पर्धात्मक लक्ष्यमा पुर्याएका थिए ।

पवन स्पिनर रयान बर्लको १७ औं ओभरको दोस्रो बलमा टप एज लागेर फाइन लेगमा शेर मल्लबाट क्याच आउट भएका थिए । लगत्तै अर्को बलमा योगेन्द्र एलबीडब्लू आउट भएका थिए । रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.