default_image

4 years ago

September 25, 2021

यस्तो रह्यो अफ्रिदीको चार ओभर

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध कमजोर बलिङ गरेका छन् । काठमाडौंले ललितपुरलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।

काठमाडौंका स्पिनर रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरे । शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए ।


यस्तो रह्यो इपिएलमा अफ्रिदीको चार ओभर बलिङ

कप्तान सन्दीपले अफ्रिदीलाई छैटौं ओभरमा बलिङमा ल्याएका थिए । अफ्रिदी बलिङमा आउदा ललितपुर ५ ओभरमा २९–३ को अवस्थामा थियो । पहिलो बलमा शंकर रानाले कभरमा एक रन बटुल्दै स्ट्राइक पवन सरार्फलाई दिएका थिए । सरार्फले दोस्रो बलमा अफ्रिदीलाई अङअफमा छक्का प्रहार गर्दै स्वागत गरेका थिए । तेस्रो बलमा पवनले दुई रन र चौथो बलमा अफ्रिदीलाई मिड विकेटमा चौका प्रहार गरे । पाँचौ बल डट खादा अन्तिम बलमा लेग वाईको रुपमा पनवले एक रन बटुलेका थिए ।


आठौं ओभरमा अफ्रिदीले तीन रन खर्चिए । पहिलो बल शंकरले डट खादा दोस्रो बलमा एक रन बटुलेका थिए । अफ्रिदीको तेस्रो बलमा पवनले एक रन बटुले । चौथो बल शंकरले डट र पाँचौ बलमा एक रन जोडेका थिए । अफ्रिदीले अन्तिम बल डट राखे ।

त्यसपछि सन्दीपले अफ्रिदीलाई १४ औं ओभरमा ल्याएका थिए । तर अफ्रिदीको प्रदर्शन राम्रो हुन सकेन । यस ओभरमा अफ्रिदीले १० औं रन खर्चेका थिए । अफ्रिदीको पहिलो बलमा योगेन्द्रले एक रन बटुलेका थिए । दोस्रो बल अफ्रिदीले डट राख्दा तेस्रो, चौथो र पाँचौ बलमा एक एक रन खर्चेका थिए । अन्तिम बलमा योगेन्द्रले अफ्रिदीलाई लङअफमा छक्का प्रहार गरेका थिए ।

अफ्रिदीले स्पेलको अन्तिम ओभरमा ६ रन खर्चे । १६ औं ओभरको पहिलो र दोस्रो बल अफ्रिदीले योगेन्द्रलाई डट राखे । तेस्रो बलमा एक रन खर्चिदा चौथो बलमा पवनले थर्ड म्यानमा चौका प्रहार गरेका थिए । पाँचौं बलमा एक रन खर्चिदा अन्तिम बल डटका साथ अन्त्य गरे । समग्रमा अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिदा विकेट लिन सकेनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.