default_image

3 years ago

September 25, 2021

गुरबाजको आक्रामक अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्टार ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन् । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले ६ ओभरमा २ विकेट गुमाउँदै ६० रन बनाएको छ । काठमाडौंका विकेटकिपर तथा ओपनर गुरबाज […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अफगानिस्तानका युवा स्टार ब्याट्सम्यान रहमानउल्लाह गुरबाजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को उद्धघाटन खेलमा काठमाडौं किंग्स इलेभेनबाट ललितपुर प्याट्रियटर्सविरुद्ध आक्रामक अर्धशतक पूरा गरेका छन् । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले ६ ओभरमा २ विकेट गुमाउँदै ६० रन बनाएको छ ।


काठमाडौंका विकेटकिपर तथा ओपनर गुरबाज २६ बलमा ४ चौका र ४ छक्का सहित ५१ रनमा अविजित छन् । उनले मात्र २४ बलमा अर्धशतक प्रहार गरेका थिए । जिम्बावेका रयान बर्ल ४ रनमा अविजित छन् । गुरबाजले पाँचौं ओभरमा ललितनारायण राजवंशीलाई ३ छक्का प्रहार गर्दै एकै ओभरमा १९ रन जोडेका थिए । त्यसअघि ओपनर सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भएका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । तल्लोक्रममा नारायण जोशी ४ बलमा ३ चौका सहित १२ रनमा शाहिद अफ्रिदीबाट क्याच आउट भए । भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । ललितपुरले १.३ ओभरमा ७–३ को अवस्थाबाट उत्कृष्ट पूनरागमन गर्दै प्रतिस्र्धात्मक लक्ष्य तयार पारेको थियो ।

काठमाडौंका स्पिनर रयान बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिदै खराब प्रदर्शन गरे । शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.