default_image

4 years ago

September 25, 2021

‘समर्थककै लागि क्रिकेट खेल्ने हो’ – बर्ल

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत चौथो संस्करणको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्समाथि जित हासिल गर्दा जिम्बाब्वेका अलराउन्डर रायन बर्ल प्लेयर अफ द म्याच बने ।

ललितपुरले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा बर्लले आक्रामक अर्धशतक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए । उनले सुरुवातमा संयमित ब्याटिङ गर्दै अर्को एन्डमा रहेका रहमानुल्लाह गुरबाजलाई साथ दिए । उनी आउट भएपछि बर्लले आक्रामक ब्याटिङ गरे ।

बाँया हाते ब्याटर बर्लले राष्ट्रिय टोलीबाट खेलिसकेका बाँया हाते स्पिनर ललित राजवंशीलाई एकै अ‍ोभरमा ४ छक्का प्रहार गरे । समग्रमा उनले ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रन जोडे । उनले विजयी सट समेत प्रहार गरेका थिए । बलिङतर्फ पनि उनले २ विकेट लिएका थिए ।

खेलपछि बोल्दै उनले समर्थककका लागि क्रिकेट खेलेको हुँदा दर्शक दिर्घाबाट हुटिङमा खेल्न पाउँदा सहज हुने बताए । ‘आज दर्शकको साथ पनि रह्यो । हामीले खेल्ने नै दर्शकका लागि हो । अझ ब्याटिङमा दर्शकबाट हुटिङ पाउँदा सहज हुन्छ, ‘ उनले अनुभव साटे ।

बर्लले टोलीको योजना सफल हुँदा जित हासिल गर्न सकेको बताए । ‘सुरुवातमा दुई विकेट गुमेपछि केही दबाब थियो । अझ दुवै रनआउट हुँदा समस्या हुन्छ । मैले भित्र गएर मात्र गुर्बाजलाई स्ट्राइक दिनु थियो । उनले सहज खेलिरहेका थिए,’ उनले भने, ‘ उनी आउट भएपछि मैले रन जोडें । टोलीका सबै सदस्यले जिम्मेवारी पूरा गरे ।’

बर्लले आफूलाई यस स्तरमा खेल्ने अवसर दिएकोमा टोलीलाई धन्यवाद पनि दिए । आउने दिनमा पनि समर्थकको उपस्थिति रहनेमा उनले आशा राखे । टोलीमा अन्य खेलाडी पनि राम्रो रहेकाले यसै लयलाई निरन्तरता दिने प्रयास गर्ने उनले बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.