4 years ago
September 25, 2021
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । शनिवार साँझ दिल्लीले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसन ५३ बलमा ८ चौका र १ छक्का सहित ७० रनमा अविजित रहेपछि टोलीको हार टार्न सकेनन् । स्यामसन बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर लियाम लिभिङस्टोन १, यशस्वी जैसवाल ५, डेविड मिलर ७, महिपाल लोमर १९, रियान पराग २ र राहुल टेवाटिया ९ रनमा आउट भए ।
दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । आवेश खान, रविचन्द्रन आश्विन, कागिसो रबाडा र अक्षर पटेलले एक एक विकेट लिए ।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । दिल्लीका श्रेयस ऐरले ३२ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए । शिम्रन हेटमायरले १६ बलमा ५ चौका सहित २८ रन जोड्दै आउट भए ।
ओपनर पृथ्वी शाह १०, ऋषभ पन्त २४, शिखर धवन ८, ललित यादव १४ र अक्षर पटेलले १२ रनको योगदान दिए । राजस्थानका मुस्ताफिजुर रहमानले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । चेतन सकारियाले २, कातिक त्यागी र राहुल टेवाटियाले एक एक विकेट लिए ।

अंक तालिका
दिल्ली क्यापिटल्स १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ९ खेलमा ७ जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ४ जित र ५ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ ।
मुम्बई इन्डियन्स ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै पाँचौ स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ५ मा हार र ४ मा जित सहित ८ अंकका साथ छैटौं स्थानमा छ । पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]