4 years ago
September 25, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) ३७ औं खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सक्यो । हैदराबादलाई जितको लागि अन्तिम ६ बलमा १७ रन चाहिँएको थियो । पन्जाबका नाथन एलिसले ११ रन खर्चिदै जित पक्का गराए ।

जेसन होल्डर २९ बलमा ५ छक्का सहित ४७ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर ऋद्धिमान शाह ३७ बलमा १ चौका सहित ३१ रनमा आउट भए । ओपनर डेविड वार्नर २, कप्तान केन विलियम्सन १, मनिष पाण्डे २३ बलमा १३ र केदार जाधव १२ रनमा आउट भए ।
पन्जावका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर २ विकेट लिए । अर्शदीपले सिंहले १ विकेट लिए ।
त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । पन्जाबका एडेन माक्ररमले ३२ बलमा २ चौका सहित २७ रनको योगदान दिए । कप्तान लोकेश राहुल २१ बलमा ३ चौका सहित २१ रन बनाए । मयंक अग्रवाल ५, क्रिस गेल १४, निकोलस पुरन ८, दीपक हुडा १३, हरप्रीत ब्रार १८ र नाथन एलिसले १२ रनको योगदान दिए ।
हैदराबादका जेसन होल्डरले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सन्दीप शर्मा, भुवनेश्वर कुमार, राशिद खान र अब्दुल सामदले एक एक विकेट लिए । यो जितसँगै पन्जाब अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । हैदराबादको अघिल्लो चरण लगभग सकिएको छ ।
अंक तालिका
दिल्ली क्यापिटल्स १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ७ जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ४ जित र ५ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ ।
पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । मुम्बई इन्डियन्स ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ५ मा हार र ४ मा जित सहित ८ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ९ खेलमा ८ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]