default_image

4 years ago

September 26, 2021

चितवन र विराटनगर भिड्दै

258 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । करणले इपिएलमा पहिलो पटक कप्तानी गर्दै छन् ।
विराटनगरमा युवा खेलाडीको बाहुल्यता छ ।

विदेशी खेलाडीको रुपमा जिम्बावेका टि२० कप्तान सिकन्दर राजा, वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराज, क्यानडा रयानखान पठान र श्रीलंका दीलशान मुनावीरा छन् । तीन विदेशी खेलाडीमा पठानको सम्भावना देखिदैन । सिकन्दर राजाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । राजा प्रदर्शन विराटनगरको नजितालाई प्रभाव पार्ने छ ।

विराटनगरमा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका आसिफ शेख टोलीमा छन् । ओपनर आसिफ टोलीको नायक बन्न सक्छन् । अनिल कुमार शाह, सन्दीप रजाली, सौरभ खनाल र हेमराज ब्याट्सम्यान हुन् । आक्रामक ब्याट्सम्यान सौरभ खनालबाट विराटनगर विष्फोटक इनिङ चाहन्छ । विराटनगरको बलिङ आक्रामण तुलनात्मक रुपमा कमजोर छ । स्पिनरमा विक्रम भुषाल र अनिल खरेल छन् । तीव्र गतिका बलरमा करणसँगै रामनरेश गिरी र प्रतिश जि.सीको सम्भावना छ । सौरभ, करण र राजा विराटनगरका प्रमुख हतियार हुन् ।

यता सोमपालको नेतृत्वमा रहेका अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद विराटनगरका बलरलाई निराश बनाउन सक्छन् । शाहजाद विश्व क्रिकेटमै आक्रामक ब्याटिङका लागि चर्चित नाम हुन् । शाहजादको प्रदर्शन निकै महत्वपूर्ण हुने देखिन्छ । तुलनात्मक रुपमा चितवन कमजोर छ । चितवनको विदेशी खेलाडीमा शाहजाद, मलेसिया ओपनर विकेटकिपर विरनदीपसिंह, अफगानिस्तानका करिम जन्नत र श्रीलंका शेकुगे प्रसन्ना छन् । तीन विदेशी खेलाडीको कोटामा शेकुगेको सम्भावना देखिदैन ।

विरनदीप र शाहजादले ओपनिङ गर्नेछन् । ईशान पाण्डे, देव खनाल, दीलिप नाथ, हसिम अन्सारी, सन्दीप सुनार, खडक बोहरा मध्यक्रमका ब्याट्सम्यानको रुपमा छन् । भीम सार्की, कमलसिंह ऐरी र सोमपाल कामीले तल्लोक्रम सम्हाल्ने छन् । बलिङमा सोमपाल, करिम र कमलको पर्दशन निकै महत्वपूर्ण हुने छ । सोमपाल, शाहजाद र करिम प्रमुख हतियार हुन् । कागजी रुपमा विराटनगर बलियो देखिन्छ । आज दोस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुने छ ।

चितवन टाइगर्स टोली :

सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया) खेलाडी छन् ।

मुख्य प्रशिक्षकसामसनजंग थापा

विराटनगर टोली :

करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर तथा उपकप्तान) , सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी. रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका)

मुख्य प्रशिक्षकमनोज कटवाल

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.