4 years ago
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका ओपनर आसिफ शेख चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध खेलमा पहिलो बलमै आउट भएका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती २ ओभरमा ३ विकेट गुमाउँदै १० रन बनाएको छ ।

तीव्र गातिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिँदै चितवनलाई सानदार सुरुवात दिलाएका छन् । ओपनर आसिफ शेखलाई दोस्रो बलमा सोमपालले शून्यमा क्याच गराएका थिए । आसिफ सोमपालको बलमा टप एज लागेर करिम जान्नतबाट क्याच आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्के । अन्तिम बलमा सोमपालले रयानखान पठानलाई ४ रनमा बोल्ड आउट गर्दै सानदार सुरुवात दिलाए ।
अर्कातीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजलाई २ रनमा बोल्ड आउट गरेपछि विराटनगरले खराब सुरुवात गरेको छ ।

हिजो भएको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले चितवनलाई पराजित गरेको थियो । आज नै हुने अर्को खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडीयटर्स खेल्नेछन् ।
चितवन टाइगर्स टोली :
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी, भीम सार्की, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान)
मुख्य प्रशिक्षक : सामसनजंग थापा
विराटनगर टोली :
करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (उपकप्तान), अनिल खरेल, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, विक्रम कुमार भुषाल, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे)
मुख्य प्रशिक्षक : मनोज कटवाल
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]