4 years ago
September 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे तथा विराटनगर वारियर्सका अलराउन्डर सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १५ ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनाएको छ ।

राजाले ३७ बलमा अर्धशतक पूरा गरे । राजा ३९ बलमा २ चौका र ५ छक्का सहित ५३ रनमा अविजित छन् । सौरभ खनाल ४ रनमा खेलि रहेका छन् । राजाले १५ औं ओभरको तेस्रो बलमा स्पिनर सागर ढकाललाई लङअफमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।
तीव्र गतिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिँदै चितवनलाई सानदार सुरुवात दिलाए थिए । ओपनर आसिफ शेखलाई दोस्रो बलमा सोमपालले शून्यमा क्याच गराएका थिए ।
आसिफ सोमपालको बलमा टप एज लागेर करिम जन्नतबाट क्याच आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्के । अन्तिम बलमा सोमपालले रयानखान पठानलाई ४ रनमा बोल्ड आउट गर्दै सानदार सुरुवात दिलाए । अर्कातीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजलाई २ रनमा बोल्ड आउट गरेपछि विराटनगरले ९–३ को अवस्थामा पुगेको थियो ।

उक्त खराब अवस्थाबाट चौथो विकेटका लागि अनिलकुमार शाह र सिकन्दर राजाले ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै संकट टारेका थिए । ११ औं ओभरको पाँचौ बलमा स्पिनर सागर ढकालले अनिललाई ३२ रनमा बोल्ड आउट गर्दै सफलता दिलाएका थिए । अनिलले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्कोबलमा सुमित महर्जन एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । १२ औं ओभरको पाँचौ बलमा करण केसी १ रनमै आउट भएपछि विराटनगर ७३–६ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसअघि अनिलले ब्यक्तिगत १ रनमा जीवनदान पाएका थिए । कमलको चौथो ओभरको तेस्रो बलमा फस्ट स्लिपमा राजेश पुलामीले क्याच ड्रप गरेपछि अनिलले जीवनदान पाएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]