default_image

4 years ago

September 26, 2021

प्रतिशले लिए शाहजादको विकेट

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले चितवन टाइगर्स तथा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादको विकेट लिएका छन् । विराटनगर वारियर्सका प्रतिशको दोस्रो ओभरको दोस्रो बलमा शाहजाद विकेटकिपर आसिफ शेखबाट एक रनमा क्याच आउट हुन पुगे ।

प्रतिशको यो इपिएलमा डेब्यू खेल हो । जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २ ओभरमा १ विकेट गुमाउँदै १८ रन बनाएको छ । ओपनर ईशान पाण्डे १० र भीम सार्की १ रनमा अविजित छन् ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । विराटनगरका सिकन्दर राजाले ४७ बलमा २ चौका र ७ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे ।

अनिल कुमार शाहले ३२ रनको योगदान दिए । चितवनका सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । करिम जन्नतले २ र साहब आलमले एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.