default_image

4 years ago

September 26, 2021

चितवनको रोमान्चक विजयी सुरुवात

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा रोमान्चक विजयी सुरुवात गरेको छ । आइतबार चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै प्रतियोगितामा रोमान्चक विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । चितवनलाई जितको लागि अन्तिम ६ बलमा २ रन चाहिँएको थियो । युवा स्पिनर अनिल खरेलले सुरुवाती पाँच बलमा १ रन खर्चेर १ विकेट लिएपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा एक रन चाहिँएको अवस्थामा राजेश पुलामीले चौका प्रहार गर्दै चितवनलाई रोमान्चक जित पक्का गराए ।

अनिलले पहिलो बलमा कमललाई बोल्ड आउट गरे । दोस्रो बल साहब आलमलाई डट राल्दा तेस्रो बलमा एक रन खर्चिए । राजेशले चौथो र पाँचौ बलमा रन जोड्न नसकेपछि खेल रोमान्चक बनेको थियो । चितवनको जितमा राजेश पुलामी ३९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे ।

विराटनगरलाई युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले दोस्रो ओभरको दोस्रो बलमा चितवनका प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजादलाई विकेटकिपर आसिफ शेखबाट एक रनमा क्याच आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तेस्रो ओभरको तेस्रो बलमा सिकन्दर राजाले ईशान पाण्डेलाई १० रनमा एलबीडब्लू आउट गरे । ईशानले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

युवा ब्याटर भीम सार्की ११ बलमा ५ चौका र १ छक्का सहित ३० रन जोड्दै क्याच आउट भए । भीम करण केसीको छैटौं ओभरको तेस्रो बलमा आसिफबाट क्याच हुन पुगेका थिए । त्यसअघि भीमले राजालाई पाँचौ ओभरको अन्तिम चार बलमा लगातार चार चौका प्रहार गरेका थिए ।
उपकप्तान दीलिपनाथ २१ बलमा १ चौका र २ छक्का सहित २३ रनमा आउट भए ।

करिम जन्नत १९ र सोमपाल कामी ९ रनमा आउट भए । विराटनगरका सिकन्दर राजाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी.ले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । करण केसी र रयानखान पठान र अनिल खरेलको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । विराटनगरका सिकन्दर राजाले ४७ बलमा २ चौका र ७ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोली पराजित हुन पुग्यो । राजाले ३७ बलमा अर्धशतक पूरा गरेका थिए । राजाले १५ औं ओभरको तेस्रो बलमा स्पिनर सागर ढकाललाई लङअफमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे ।

तीव्र गतिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिँदै चितवनलाई सानदार सुरुवात दिलाएका थिए । ओपनर आसिफ शेखलाई दोस्रो बलमा सोमपालले शून्यमा क्याच गराएका थिए । आसिफ सोमपालको बलमा टप एज लागेर करिम जन्नतबाट क्याच आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्के । अन्तिम बलमा सोमपालले रयानखान पठानलाई ४ रनमा बोल्ड आउट गरे । अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजलाई २ रनमा बोल्ड आउट गरेपछि विराटनगरले ९–३ को अवस्थामा पुगेको थियो ।

उक्त खराब अवस्थाबाट चौथो विकेटका लागि अनिलकुमार शाह र सिकन्दर राजाले ६१ रनको महत्वपूर्ण साझेदारी गर्दै संकट टारेका थिए । ११ औं ओभरको पाँचौ बलमा स्पिनर सागर ढकालले अनिललाई ३२ रनमा बोल्ड आउट गर्दै सफलता दिलाएका थिए । अनिलले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्कोबलमा सुमित महर्जन एलबीडब्लू आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्केका थिए । १२ औं ओभरको पाँचौ बलमा करण केसी १ रनमै आउट भएपछि विराटनगर ७३–६ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसअघि अनिलले ब्यक्तिगत १ रनमा जीवनदान पाएका थिए । कमलको चौथो ओभरको तेस्रो बलमा फस्ट स्लिपमा राजेश पुलामीले क्याच ड्रप गरेका थिए । राजा कमलको १८ औं ओभरको चौथो बलमा ठूलो सट प्रहार गर्नेधुनमा डिप मिडविकेटमा भीम सार्कीबाट क्याच आउट हुन पुगे । सातौं विकेटका लागि राजा र खनालले ५१ रनको साझेदारी गरेका थिए । विक्रम भुषाल ७ रनमा आउट हुँदा प्रतिश जिसीले खाता खोल्न सकेनन् ।

चितवनका सोमपाल कामीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । करिम जन्नतले २ र साहब आलमले एक विकेट लिए । विराटनगरले सोमबार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ । सोमबार चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.