default_image

4 years ago

September 26, 2021

नेपाली खेलाडीले नै जिताएको खेल

213 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो खेलमा विराटनगर वारियर्सविरुद्ध २ विकेटको रोमान्चक जित हात पार्यो । चितवनको जितमा नेपाली खेलाडी नायक बन्दा विदेशी खेलाडी भने खासै चलेनन् ।

जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । चितवनको जितमा राजेश पुलामी ३९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनमा अविजित रहे । भीम सार्की ३०, दीलिप नाथ २३ र करिम जान्नत १९ रनमा आउट भए । विराटनगरका लागि जिम्बावेका सिकन्दर राजा र करण केसीले २-२ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । विराटनगरका सिकन्दर राजाले ४७ बलमा २ चौका र ७ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । सौरभ खनाल १९ बलमा ३ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे । अनिल कुमार शाहले ३२ रनको योगदान दिए । चितवनका सोमपाल कामी, कमलसिंह ऐरी र स्पिनर सागर ढकालले २–२ विकेट लिए ।

चितवन विजयी भएपनि पहिलो खेलमा विदेशी खेलाडीको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । विराटनगरका सिकन्दर राजा बाहेक अन्य विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । चितवन स्वदेशी खेलाडीको उच्च प्रदर्शनमा विजयी भएको थियो । विशेषगरि ठूलो अपेक्षा गरिएका अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद पहिलो खेलमा चल्न सकेनन् । दोस्रो खेलमा ६ विदेशी खेलाडीको प्रदर्शन यस प्रकार रह्यो ।

सिकन्दर राजा (विराटनगर)

जिम्बावेका अलराउन्डर सिकन्दर राजाले उत्कृष्ट प्रदर्शन गरेपनि टोलीको हार टार्न सकेनन् । राजाले ब्याटिङमा ६७ रन बनाउनुको साथै २ विकेट लिएका थिए । राजा दोस्रो ओभरको अन्तिम बलमा मैदान प्रवेश गरेका थिए । कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजलाई २ रनमा आउट गरेपछि उनी मैदान छिरेका थिए ।

राजाले ४७ बलमा २ चौका र ७ छक्का सहित सर्वाधिक ६७ रन जोडेपछि विराटनगरले राम्रो पूनरागमन गरेको थियो । राजाले बलिङमा ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । जसक्रममा राजालाई पाँचौ ओभरको अन्तिम चार बलमा भीम सार्कीले लगातार चौका प्रहार गरेपछि एकै ओभरमा १७ रन खर्चेका थिए ।

चन्द्रपल हेमराज (विराटनगर)

वेस्टइन्डिजका तथा विराटनगरका ओपनर चन्द्रपल हेमराज भने पहिलो खेलमा चल्न सकेनन् । उनी २ रन बनाउदै आउट भए । सोमपालको पहिलो बलमै हेमराजले एक रन बटुलेका थिए । तेस्रो बलमा लेगवाईको रुपमा एक रन जोडे । त्यसपछि पहिलो ओभरमा उनले स्ट्राइक पाएनन् । कमलसिंह ऐरीले दोस्रो ओभरको पहिलो बलमा उनले एक रन जोडेका थिए । चौथो बल डट खादा पाँचौ बलमा कमलले बोल्ड आउट गरे ।

रयानखान पठान (विराटनगर)

क्यानडा तथा विराटनगरका रयानखान पठान पनि पहिलो खेलमा चल्न सकेनन् । सोमपाललाई पहिलो ओभरको चौथो बलमा चौका प्रहार गर्दै पठानले राम्रो सुरुवातको संकेत दिएका थिए । पाँचौ बल डट खादा अन्तिम बलमा बोल्ड आउट हुन पुगे । बलिङमा उनले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । उनले करिम जन्नतलाई आउट गरेका थिए ।

मोहम्मद शाहजाद (चितवन)

अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद पहिलो खेलमा चल्न सकेनन् । चितवनका ओपनर शाहजादले पहिलो ओभरको चौथो बलमा स्ट्राइक पाएका थिए । उक्त बलमा रन जोडन सकेनन् । पाँचौ बल डट खाएका राजाले अन्तिम बलमा एक रन बटुले ।

युवा बलर प्रतिश जि.सीको दोस्रो ओभरको पहिलो बलमा शाहजादले लेगवाइको रुपमा चार रन जोडेका थिए । तर अर्को बलमा शाहजाद विकेटकिपर आसिफ शेखबाट क्याच क्याच आउट हुँदै एक रनमा पेभिलिएन फर्केका थिए ।

शेकुगे प्रसन्ना (चितवन)

श्रीलंका स्पिनर प्रसन्नाले एक ओभरमा १७ रन खर्चिएका थिए । उनलाई कप्तान करणले नवौं ओभरमा बलिङमा ल्याएका थिए । सिकन्दर राजाले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरे । अनिलले पाँचौ बलमा छक्का प्रहार गरेपछि उनको प्रर्दशन कमजोर रहेको थियो । ब्याटिङमा ३ रनमा रन आउट थिए ।

करिम जान्नत (चितवन)

अफगानिस्तानका अलराउन्डर करिम जान्नतको प्रदर्शन अलराउन्ड रह्यो । बलिङमा करिमले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । करिमले अन्तिम ओभरमा दुई विकेट लिए । करिमले दोस्रो बलमा विक्रम भुषाललाई ७ र प्रशितलाई शून्यमा एलबीडब्लू आउट गरेका थिए ।
ब्याटिङमा उनले १८ बलमा १ चौका र १ छक्का १९ रनमा आउट भए । ब्याटिङमा उनले १८ बलमा १ चौका र १ छक्का सहित १९ रनमा आउट भए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.