default_image

4 years ago

September 26, 2021

भैरहवा र पोखराले अंक बाँडे

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिलए) को तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले वर्षाको कारण बाँडेका छन् । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडेका हुन् ।

आइतबार दोस्रो खेलमा टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले १०.१ ओभरमा ६५–७ को अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । निरन्तर वर्षाका कारण खेल सुचारु हुन सम्भव नहुँदा अंक बाँडेका हुन् । वर्षाले खेल रोकिनु अघि विक्रम सोब ७ र विवेक यादव १६ रनमा अविजित थिए ।

तीव्र गतिका बलर धाम्मिका प्रसादले पहिलो ओभरको दोस्रो बलमै ओपनर रिचार्ड लेभीलाई कभरमा कप्तान शरद भेषावकरबाट एक रनमा क्याच आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । लेभी सुरुवातमै आउट भएपछि पोखरा अन्य ब्याट्सम्यान क्रिजमा सम्हालिन सकेनन् । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले दोस्रो ओभरको अन्तिम दुई बलमा लगातार दुई विकेट लिँदै भैरहवालाई सानदार सुरुवात दिलाएका थिए ।

इपिएलमा पाहिलो खेल खेलि रहेका दुर्गेशले दोस्रो ओभरको पाँचौ बलमा बायाँ हाते विपिन रावललाई ६ रनमा प्रदीप ऐरीबाट क्याचा गराए । अर्को बलमा कप्तान विनोद भण्डारीलाई शून्यमा बोल्ड आउट गरे । विनोद गोल्डेन डक आउट भए ।

चौथो ओभरको पहिलो बलमा धमला विकेट लिन नसकेपछि ह्याट्रिकबाट चुकेका थिए । तर लगत्तै अर्को बलमा धमलालाई एक रनमा दुर्गेशले बोल्ड आउट गरे । पाँचौं ओभरको पहिलो बलमा अभिनाशले लोकेश बमलाई आरिफ शेखबाट शून्यमा क्याच आउट गराएपछि पोखरा १२–५ को कमजोर अवस्थामा पुगेको थियो । लोकेश पनि गोल्डेन डक भएका थिए ।

असेला गुणरत्नेलाई तमिम इकबालले २३ रनमा रन आउट गरे । पहिलो पटक इपिएल खेलेका चाइनामेन तुलबहादुर थापाले केस्रिक विलियम्सलाई शून्यमा एलबीडब्लू आउट गर्दा पोखरा ८।४ ओभरमा ५७–७ को दयनीय अवस्थामा पुगेको थियो ।

दुर्गेश गुप्ताले ३ ओभरमा १ मेडन सहित १६ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसाद, तुलबहादुर थापा र अभिनाश बोहराले एक एक विकेट लिए । भैरहवाले सोमबार चितवन टाइगर्ससँग खेल्ने छ । पोखरााले मंगलबार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.