default_image

4 years ago

September 26, 2021

चेन्नईलाई कोलकाता मध्यम लक्ष्य

211 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनायो ।


कोलकाता राहुल त्रिपाठीले ३३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । नितिश राणा २७ बलमा ३ चौका र १ छक्का सहित ३७ रनमा अविजित रहे । ओपनर सुभमन गिल पहिलो ओभरको अन्तिम बलमा ९ रनमा रन आउट भए । तीव्र गतिका बलर शार्दूल ठाकुरले छैटौं ओभरको पहिलो बलमा वेंकटेश ऐरलाई महेन्द्रसिंह धोनीबाट १८ रनमा क्याच आउट गराए । ऐरले १५ बलमा ३ चौका प्रहार गरे ।

कप्तान ओईन मोर्गन ८ रनमा क्याच आउट भए । मोर्गन जोश हेजलवुडको बलमा फाफ डु प्लेसिसबाट क्याच आउट भए । १७ औं ओभरको चौथो बलमा ठाकुरले आन्द्रे रसेललाई २० बोल्ड आउट गरे । रसेलले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

चेन्नईका शार्दूल ठाकुरले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले २ र रविन्द्र जडेजाले एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.