default_image

4 years ago

September 26, 2021

रोमान्चक जितसँगै चेन्नई शीर्षस्थानमा

307 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । चेन्नई १६ अंकका साथ प्लेअफ लगभग पक्कापक्की भएको छ । औपचारिक मात्र बाँकी छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईलाई अन्तिम १२ बलमा २६ रन चाहिँएको थियो । १९ औं ओभरमा रविन्द्र जडेजाले तीव्र गतिका बलर प्रसिद्ध कृष्णलाई दुई चौका र दुई छक्का सहित कुल २२ रन जोडेपछि नतिजा चेन्नईको पक्षमा गएको थियो । तर अन्तिम ओभरमा जितको लागि ४ रन आवश्यक परेको अवस्थामा खेल थप रोचक बनेको थियो । स्पिनर सुनिल नारायणले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि खेल अन्तिम बलमा पुगेको थियो । अन्तिम बलमा एक रन चाहिँएको अवस्थामा दीपक चाहरले एक रन बटुल्दै जित पक्का गराए ।

रविन्द्र जडेजाले तल्लोक्रममा ८ बलमा २ चौका र २ छक्का सहित २२ रनमा आउट भए । चेन्नईका ओपनर फाफ डु प्लेसिसले ३० बलमा ७ चौका सहित सर्वाधिक ४३ रनको योगदान दिए । ऋतुराज गायकवाड २८ बलमा २ चौका र ३ छक्का सहित ४० रन बनाउँदै आउट भए । पहिलो विकेटका लागि फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले ८.२ ओभरमा ७४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मोईन अली २८ बलमा २ चौका र १ छक्का सहित ३२ रनमा आउट भए । महेन्द्रसिंह धोनी १, अम्बाती रायुडू ९ र सुरेश रैना ११ रनमा आउट भए ।


कोलकाता स्पिनर सुनिल नारायणले ४ ओभरमा ४१ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । प्रसिद्ध कृष्ण, लोकी फर्गुसन, बरुणचक्रवर्ती र आन्द्रे रसेलले एक एक विकेट लिए ।

त्यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । कोलकाता राहुल त्रिपाठीले ३३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । नितिश राणा २७ बलमा ३ चौका र १ छक्का सहित ३७ रनमा अविजित रहे । ओपनर सुभमन गिल पहिलो ओभरको अन्तिम बलमा ९ रनमा रन आउट भए । तीव्र गतिका बलर शार्दूल ठाकुरले छैटौं ओभरको पहिलो बलमा वेंकटेश ऐरलाई महेन्द्रसिंह धोनीबाट १८ रनमा क्याच आउट गराए । ऐरले १५ बलमा ३ चौका प्रहार गरे ।

कप्तान ओईन मोर्गन ८ रनमा क्याच आउट भए । मोर्गन जोश हेजलवुडको बलमा फाफ डु प्लेसिसबाट क्याच आउट भए । १७ औं ओभरको चौथो बलमा ठाकुरले आन्द्रे रसेललाई २० बोल्ड आउट गरे । रसेलले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । चेन्नईका शार्दूल ठाकुरले ४ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले २ र रविन्द्र जडेजाले एक विकेट लिए ।

अंक तालिका


चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली र चेन्नईको प्लेअफ लगभग निश्चित भएको छ । औपचारिक मात्र बाँकी छ । आइापिएल इतिहासमा १६ अंक भएर पनि प्लेअफ नखेलेको रेकर्ड छैन । रोयल च्यालेन्जर्स बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ४ जित र ६ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । मुम्बई इन्डियन्स ९ खेलमा ४ मा जित र ५ मा हार सहित ८ अंक बटुल्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ५ मा हार र ४ मा जित सहित ८ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ९ खेलमा ८ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.