default_image

4 years ago

September 26, 2021

हर्षलको ह्याट्रिक र म्याक्सवेलको उत्कृष्ट प्रदर्शनमा बेंगलोर विजयी

150 views

0 Bookmark

एजेन्सी – अलराउन्डर ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शन र तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिकमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा साविक विजेता मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको छ ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो । मुम्बईका ओपनर रोहित शर्माले २८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए । क्विन्टन डि कक २३ बलमा ४ चौका सहित २४ रनमा आउट भए ।

मुम्बईका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ईशान किशन ९, सूर्यकुमार यादव ८ र क्रुनाल पान्ड्या ५ रनमा आउट भए ।
मुम्बईलाई रोहित शर्मा र क्विन्टन डि ककले पहिलो विकेटका लागि ६.४ ओभरमा ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर युजभेन्द्र चहलले डि ककलाई ग्लेन म्याक्सवेलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दशौं ओभरको अन्तिम बलमा म्याक्सवेलले रोहितलाई देवदत्त पाडिक्कलबाट क्याच गराउँदै बेंगलोरलाई महत्वपूर्ण सफलता दिलाएका थिए । त्यसपछिका ब्याट्सम्यान चल्न सकेनन् ।

हर्षलले १७ औं ओभरमा ह्याट्रिक लिएका थिए । हर्षलको १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्या एक्स्ट्राकभरमा विराट कोहलीबाट ३ रनमा क्याच आउट हुन पुगे । दोस्रो बलमा अर्का विष्फोटक ब्याट्सम्यान काइरन पोलार्ड ७ रनमा बोल्ड आउट भएपछि मुम्बईको जितको सम्भावना लगभग सकिएको थियो । तेस्रो बलमा राहुल चाहरलाई एलबीडब्लू आउट गर्दै हर्षलले ह्याट्रिक लिएका थिए । उनी बेंगलोरबाट आपिएलमा ह्याट्रिक लिने तेस्रो खेलाडी बनेका छन् ।

बेंंगलोरका हर्षल पटेलले ३.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शिराजको नाममा एक विकेट रह्यो ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४२ बलमा ३ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए ।

सिकर भरतले २४ बलमा २ चौका र २ छक्का सहित ३२ रन बनाए । एवि डिभिलियर्स ६ बलमा १ चौका र १ छक्का सहित ११ रनमा आउट भए । जस्प्रित बुमराहले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले एक एक विकेट लिए ।

अंक तालिका

चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली र चेन्नईको प्लेअफ लगभग निश्चित भएको छ । औपचारिक मात्र बाँकी छ । आइपिएल इतिहासमा १६ अंक भएर पनि प्लेअफ नखेलेको रेकर्ड छैन । रोयल च्यालेन्जर्स बेंगलोर १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ४ जित र ६ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान रोयल्स ९ खेलमा ५ मा हार र ४ मा जित सहित ८ अंकका साथ छैटौं स्थानमा छ । मुम्बई इन्डियन्स १० खेलमा ४ मा जित र ६ मा हार सहित ८ अंक बटुल्दै सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद ९ खेलमा ८ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.