4 years ago
September 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीच मैदान भिजेको कारण प्रभावित भई रहेको खेल हुने सम्भावना छ ।

खेल सुरु हुन निर्धारित समय भन्दा २ घण्टा ढिलो भई सकेको छ । मैदानमा अम्यारहरुले निरिक्षण गरेर फर्किएका छन् । अम्पायरहरुको मैदान निरिक्षण अव ११ ः ४० मा हुने छ । त्यसपछि खेल हुने वा नहुने पक्का हुनेछ । खेल ५-५ ओभरको हुने सम्भावना छ । दुबै टोलीका खेलाडी अभ्यासको लागि मैदान प्रवेश गर्न थालि सकेका छन् । खेलको अन्तिम कटअफ टाइम (खेल सुरु हुनुपर्ने अन्तिम समय) १२ : २५ रहेको छ ।
आइतबार वर्षाको कारण आउटफिल्ड असिलोको (भिजेको) कारण खेल सुरुहुन ढिलो भएको हो । सोमबार बिहान टियु मैदानमा बिहानै देखि घाम लागेपनि आइतबार भारी वर्षाको कारण प्रभावित हुन पुगेको हो ।
आइतबार भैरहवाविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको पोखरा १०।१ ओभरमा ६५–७ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा अंक बाँड्नु परेको थियो ।
पाकिस्तानका पूर्व स्टार अलराउन्डर तथा कप्तान शाहिद अफ्रिदीको यो अन्तिम खेल हो । उनी दुई खेलका लागि मात्र नेपाल आएका थिए । पहिलो खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेका अफ्रिदीबाट उत्कृष्ट अन्त्यको आशा गरिएको छ । पहिलो खेलमा ललितपुर प्याट्रियटर्सविरुद्ध अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । टोलीले ७ विकेटको जित निकालेपछि ब्याटिङको अवसर पाएनन् । पहिलो खेलमा सानदार जित दिलाउन जिम्बावेका ब्याटर रायन बर्लले अविजित ७३ रनको उत्कृष्ट इनिङ खेलेका थिए । विकेटकिपर तथा ओपनर रहमानउल्लाह गुरबाजले आक्रामक ५९ रन जोडेका थिए । रायन र गुरबाजलाई रोक्न विराटनगरलाई मुख्य चुनौती हुनेछ ।
सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाललाई मध्यक्रममा राम्रो ब्याटिङ गर्न आवश्यक पर्दछ । सिद्धान्त लोहनीबाट काठमाडौं उत्कृष्ट अन्त्य चाहन्छ । बलिङमा सन्दीप लामिछाने, गुलशन झा र जितेन्द्र मुखिया हुनेछन् । मुखियाले पहिलो खेलमा ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । पहिलो खेलमा ४ ओभरमा ४४ रन खर्चेका कप्तान सन्दीप दोस्रो खेलमा राम्रो पूनरागमन गर्ने सोचमा छन् ।
यता विराटनगर पहिलो खेलमा चितवनसँग अन्तिम बलमा दुई विकेटले पराजित भएको थियो । तर खेलमा कडा प्रतिस्पर्धा दिएको थियो । करण केसीको कप्तानीमा भएको विराटनगर पहिलो जितको सोचमा छ । पहिलो खेलमा जिम्बावेका टि२० कप्तान सिकन्दर राजाले ६७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनी काठमाडौविरुद्ध नायक बन्न सक्छन् ।
तर राजालाई अन्य ब्याट्सम्यानले साथ दिन आवश्यक छ । पहिलो खेलमा वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराज र क्यानडा रयानखान पठान चल्न सकेका थिएनन् । विकेटकिपर आसिफ शेख पहिलो बलमै आउट भएका थिए । आसिफ चन्द्रपाउल र अनिलबाट विराटनगर उत्कृष्ट प्रदर्शन चाहन्छ । तल्लोक्रममा नेपाली क्रिकेटका विष्फोटक ब्याट्सम्यान सौरभ खनाल छन् । पहिलो खेलमा सौरभ ३० रनमा अविजित थिए ।
बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी. काठमाडौंलाई घातक बन्न सक्छन् । उनले पहिलो खेलमा चितवनका मोहम्मद शाहजादलाई एक रनमा आउट गरेका थिए । प्रतिश तल्लोक्रममा ठूला सटको क्षमता पनि राख्छन् । कप्तान करणको ब्याटिङ र बलिङ दुबैको प्रदर्शन अहम हुनेछ । करण तल्लोक्रममा ठूला सटका साथ खेल परिवर्तन गर्नसक्छन् । अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गरेका अनिल खरेलसँगै विक्रम भुषाल र राजा स्पिन हतियार हुन् ।
इपिएलमा विराटनगर र काठमाडौंबीच दुई खेल भएको छ । जसमा एक एक खेलमा दुबै टोली विजयी भएका छन् । काठमाडौं लागतार दोस्रो जितको सोचमा हुने छ । विराटनगर काठमाडौंलाई सरप्राइज दिँदै पहिलो जित निकाल्न चाहन्छ । आजको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने छ ।
काठमाडौंको
सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, शेर मल्ल, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल, शाहिद अफ्रिदी, जनक प्रकाश र रहमानउल्लाह गरबाज
विराटनगर टोली :
करण केसी (कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह ९विकेटकिपर तथा उपकप्तान०, सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि।सी। रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान, चन्द्रपाउल हेमराज, सिकन्दर राजा र दीलशान मुनावीरा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]