default_image

4 years ago

September 27, 2021

भैरहवा र चितवनबीचको खेल ढिलो सुरु हुने

267 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल निर्धारित समय भन्दा ढिलो सुरु हुने भएको छ । टियु मैदानको चिसो आउटफिल्ट (भिजेको) कारण दोस्रो खेल ढिला हुने निश्चित भएको छ ।

निर्धारित समय अनुसार खेल १:३० सुरु हुने कार्यक्रम थियो । त्यसका लागि टस १ बजे हुनुपर्ने थियो । तर मैदानमा अम्पायरले निरिक्षण गरेर फर्किएका छन् । भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि अम्पायरले टस स्थगित गरेका हुन् ।

अब अम्पायरले केहिबेरमा पुन: मैदान निरीक्षण गर्नेछन् । खेल ढिलो हुने भएपछि भैरहवा रोहित कुमार पौडैल सहितका केहि खेलाडी नेटमा ब्याटिङ गर्न गएका छन् । चितवनका केहि खेलाडीले पेभिलिएनको बाउन्ड्री नजिकै अभ्यास गरिरहेका छन् ।

चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । भैरहवा ग्ल्याडियटर्सको पहिलो खेल वर्षाको कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो । आइतबार दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको पोखरा १०.१ ओभरमा ६५–७ को अवस्थामा वर्षाको कारण अंक बाँड्न पुगेको थियो । सोमबार विराटनगर र काठमाडौं किंग्स इलेभेनबीचको खेल वर्षाको कारण स्थगित भइसकेको छ ।

सोमबार बिहानै देखि टियु मैदानमा घाम लागेको छ । तर आइतबार वर्षा बढी भएको हुँदा आउटफिल्ट पूर्णरुपमा सुक्न सकेको छैन । जसको कारण पहिलो खेल स्थगित हुँदा भैरहवा र चितवनबीचको खेल ढिलो सुरु हुने भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.