4 years ago
September 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको छ । टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण सोमबारको दुवै खेल स्थगित भएको हो ।

दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै पुन: वर्षा भएपछि मैदान कभरले ढाकिएको छ । वर्षासँगै खेल स्थगित भएको हो । अब दुई टोलीले अंक बाँड्ने वा खेल पुन: अर्को दिन खेलाइने भन्नेबारे आयोजक छलफलमा छ ।
निर्धारित समय अनुसार खेल १:३० सुरु हुने कार्यक्रम थियो । त्यसका लागि टस १ बजे हुनुपर्ने थियो । भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि अम्पायरले टस स्थगित गरेका थिए । दोस्रो पटक १:४० मा अम्पायरले मैदान निरिक्षण गरेर फर्किएका थिए । दोस्रो निरिक्षण २:३० मा हुने भनिएको थियो ।

चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । भैरहवा ग्ल्याडियटर्सको पहिलो खेल वर्षाको कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो । आइतबार दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको पोखरा १०.१ ओभरमा ६५–७ को अवस्थामा वर्षाको कारण अंक बाँड्न पुगेको थियो । सोमबार विराटनगर र काठमाडौं किंग्स इलेभेनबीचको खेल वर्षाको कारण स्थगित भइसकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]