default_image

4 years ago

September 28, 2021

विलियम्सन र रोयको अर्धशतकमा हैदराबाद विजयी

381 views

0 Bookmark

एजेन्सी – ओपनर जेसन रोय र कप्तान केन विलियम्सनको अर्धशतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा हैदाराबादको यो दोस्रो जित हो ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादको जितमा कप्तान केन विलियम्सन ४१ बलमा ५ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे । ओपनर जेसन रोयले ४२ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । ऋद्धिमान शाह १८ रनमा आउट हुँदा अभिषेक शर्मा २१ रनमा अविजित रहे ।

राजस्थानका मुस्ताफिजुर रहमान, महिपाल लोमर र चेतन सकारिया १–१ रनमा आउट भए । त्यसअघि दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । राजस्थानका कप्तान सन्जु स्यामसनले ५७ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ८२ रनको कप्तानी इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

युवा ब्याट्सम्यान यशस्वी जैसवाल २३ बलमा ५ चौका र १ छक्का सहित ३६ रनमा आउट भए । महिपाल लोमर २९ र एविन लेविस ६ रनमा आउट भए । हैदराबादका सिद्धार्थ कौलले सर्वाधिक २ विकेट लिए । सन्दीप शर्मा, भुवनेश्वर कुमार र राशिद खानले एक एक विकेट लिए ।

अंक तालिका

चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स १० खेलमा ८ मा जित र २ मा हार सहित १६ अंकका साथ दोस्रोमा छ । दिल्ली र चेन्नईको प्लेअफ लगभग निश्चित भएको छ । औपचारिक मात्र बाँकी छ । आइपिएल इतिहासमा १६ अंक भएर पनि प्लेअफ नखेलेको रेकर्ड छैन । रोयल च्यालेन्जर्स बेंगलोर १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ४ जित र ६ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंकका साथ छैटौं स्थानमा छ । मुम्बई इन्डियन्स १० खेलमा ४ मा जित र ६ मा हार सहित ८ अंक बटुल्दै सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ८ मा हार र २ मा जित सहित ४ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.