4 years ago
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को छैटौं खेलमा आज काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने भएको छ । खेल निर्धारित समय अनुसार १२ : १५ मा सुरु भई सकेको हुनुपर्ने थियो । तर टस पनि हुन सकेको छैन ।

भिजेको आउटफिल्ड र पार्नी पर्ने सम्भावना पनि हुँदा खेलाडी अभ्यास पनि गर्न आएका छैनन् । आकाशमा पुरै बादलले ढाकेको छ । मैदानमा आउटफिल्ड सुकाउन ग्राउन्ड कर्माचारीले निरन्तर प्रयास गरि रहेका छन् । तर पहिलानै भिजेको आउटफिल्ड र वर्षा सम्भावना देखिदा खेल हुनेमा शंका थपिएको छ ।
यसअघि सोमबार दुबै खेल स्थगित भएका थिए । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित भएको थियो । भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल वर्षाको कारण स्थगित भएको थियो । आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए । सोमबार स्थगित भएका दुबै खेल नयाँ मितिमा हुने छन् ।
पहिलो खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित हुन पुगेको थियो । सोमबार दुबै खेल भिजेको आउटफिल्ड र वर्षाको कारण खेलहरु स्थगित भएका थिए । सोमबार दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र चितवन राइनोजबीचको खेल वर्षाको कारण स्थगित भएको थियो । पोखरा पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्ससँग १०.१ ओभरमा ६५–७ को खराब प्रदर्शन गरेको अवस्थामा वर्षाको कारण स्थगित हुन पुगेको थियो ।
काठमाडौंको टोली : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, शेर मल्ल, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल, शाहिद अफ्रिदी, जनक प्रकाश र रहमानउल्लाह गुरबाज
पोखरा टोली : विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी, केस्रिक विलियम्स, असेला गुणरत्ने सहान अर्चाचिगे
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]