default_image

4 years ago

September 28, 2021

काठमाडौं र पोखराबीचको खेल पनि स्थगित

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो । सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो ।

मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय अनुसार १२ : १५ मा हुनुपर्ने थियो । तर भिजेको आउटफिल्डको कारण टस पनि हुन सकेको थिएन । त्यसमा सामान्य वर्षा थपिएपछि आउटफिल्ड र पिच त्रिपालले ढाकिएको थियो । अम्पायर र कप्तानबीचको लामो समयको छलफलपछि स्थगित गर्ने निर्णय लिएका हुन् । भिजेको आउटफिल्डको कारण खेलाडीले अभ्यासनै गर्न सकेका थिएनन् ।

यसअघि सोमबार दुबै खेल स्थगित भएका थिए । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित भएको थियो । सोमबारनै भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल वर्षाको कारण स्थगित भएको थियो । आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए । सोमबार स्थगित भएका दुबै खेल नयाँ मितिमा हुने छन् ।

पहिलो खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको कारण स्थगित हुन पुगेको थियो । आइतबार दोस्रो खेल पोखरा पहिलो खेलमा भैरहवा ग्ल्याडियटर्ससँग १०.१ ओभरमा ६५–७ को खराब प्रदर्शन गरेको अवस्थामा वर्षाको कारण स्थगित हुन पुगेको थियो ।

शनिबारबाट सुरु भएको इपिएलमा दुई खेलको मात्र नजिता आएको छ । शनिवार पहिलो खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । आइतबार पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि खेल हुन सकेको छैन । आइतबार पोखरा र भैरहवाबीचको खेलमा दुबै टोलीले एक एक अंक बाँडेका थिए । सोमबार दुबै खेल अर्को मितिमा गर्ने बताइएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.