default_image

4 years ago

September 28, 2021

नारायणको अलराउन्ड प्रदर्शनमा कोलकाताले दिल्लीलाई हरायो

155 views

0 Bookmark

एजेन्सी – स्पिन अलराउन्डर सुनिल नारायणको अलराउन्ड प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको छ । यो जितसँगै कोलकाता शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावना बलियो बनेको छ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १८.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता जितमा तल्लोक्रमका सुनिल नारायण १० बलमा १ चौका र २ छक्का सहित २१ रन जोड्दै आउट भए । मध्यक्रमका ब्याटर नितिश राणा २७ बलमा २ चौका र २ छक्का सहित ३६ रनमा अविजित रहे । ओपनर सुभमन गिल ३३ बलमा १ चौका र २ छक्का सहित ३० रनमा आउट भए ।

कोलकातालाई ओपनर गिल र वेंकटेश ऐरले पहिलो विकेटका लागि ४.३ ओभरमा २८ रनको साझेदारी गर्दै सुरुवात दिएका थिए । ललित यादवले ऐरलाई १४ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । छैटौं ओभरको पाँचौं बलमा आवेश खानले राहुल त्रिपाठीलाई ९ रनमा स्टिभ स्मिथबाट क्याच गराए । कागिसो रबाडा ११ औं ओभरको अन्तिम बलमा गिल श्रेयस ऐरबाट क्याच आउट हुन पुगे ।

१२ औं ओभरको दोस्रोब बलमा स्पिनर रविचन्द्र आश्विनले ललितबाट शून्यमा क्याच गराएपछि कोलकता केहि दबाबमा परेको थियो । आवेशले दीनेश कार्तिकलाई १२ रनमा बोल्ड आउट गरेका थिए । दिल्लीका आवेश खानले ३ ओभरमा १३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । रविचन्द्रन आश्विन, ललित यादव, एनरिच नोर्किया र कागिसो रबाडाले एक एक विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । दिल्लीका स्टिभ स्मिथ र कप्तान ऋषभ पन्तले सर्वाधिक ३९–३९ रन बनाए । स्मिथले ३४ बलमा ४ चौका प्रहार गरे । पन्तले ३६ बलमा ३ चौका प्रहार गरे । शिखर धवन २० बलमा ४ चौका सहित २४ रनमा आउट भए । श्रेयस ऐर १, शिम्रन हेटमायर ४, आश्विन ९ र आवेश खान ५ रनमा आउट भए । अक्षर पटेल र ललित यादवले खाता खोल्न सकेनन् ।

कोलकाता सुनिल नारायणले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसनले २ ओभरमा १० रन खर्चेर २ विकेट लिए । वेंकटेश ऐरले २ र टिम साउथीले १ विकेट लिए ।

अंक तालिका

चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो छ । दिल्ली र चेन्नईको प्लेअफ लगभग निश्चित भएको छ । औपचारिक मात्र बाँकी छ । आइपिएल इतिहासमा १६ अंक भएर पनि प्लेअफ नखेलेको रेकर्ड छैन । रोयल च्यालेन्जर्स बेंगलोर १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता ११ खेलमा ५ जित र ६ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा छ । राजस्थान रोयल्स १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंकका साथ छैटौं स्थानमा छ । मुम्बई इन्डियन्स १० खेलमा ४ मा जित र ६ मा हार सहित ८ अंक बटुल्दै सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ८ मा हार र २ मा जित सहित ४ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.