4 years ago
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को खेलतालिका परिवर्तन भएको छ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार स्थगित भएका खेलहरु बिहिबार र शुक्रबार हुनेछन् ।

इपिएलले सोमबार राती नयाँ तालिका सार्वजनिक गरेको थियो । तर मंगलबारको पनि खेल हुन नसकेपछि पुन नयाँ तालिका सार्वजनिक गरेको छ । सोमबार तालिका अनुसार चितवन टाइगर्सले लगातार चार खेल खेल्नुपर्ने थियो । इपिएलले एक पटक स्थगित भएका खेलहरु अब वर्षाको कारण पुन: स्थगित भएमा अंक बाँडिने जनाएको छ ।
बुधबार र बिहिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ । प्रतियोगिता सार्न नमिल्ने हुँदा इपिएललाई वर्षा सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । मंगलबार पोखरा र काठमाडौंबीचको खेल स्थगित भएको थियो । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगर तथा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको थियो ।
आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए । दिनमा दुई खेल भएको दिन पहिलो बिहान ९:३० र दोस्रो १:३० मा हुनेछन् । दिनमा हुने एकमात्र खेल, क्वाटरफाइन, एलिमिनेटर र फाइनल दिउँसो १२:१५ देखि सुरु हुनेछन् । नयाँ तालिकामा खेलाडीहरुलाई लगातार तीन खेल खेल्नुपर्ने बाध्यता भने भएको छ ।
इपिएलको नयाँ तालिका
असोज १३ (बुधबार)
ललितपुरविरुद्ध पोखरा, बिहान
भैरहवाविरुद्ध विराटनगर, दिउँसो
असोज १४ (बिहिबार)
काठमाडौंविरुद्ध विराटनगर, बिहान
चितवनविरुद्ध भैरहवा, दिउँसो
असोज १५ (शुक्रबार)
पोखराविरुद्ध काठमाडौं, बिहान
भैरहवाविरुद्ध ललितपुर, दिउँसो
असोज १६ (शनिबार)
विराटनगरविरुद्ध ललितपुर, बिहान
पोखराविरुद्ध चितवन, दिउँसो
असोज १७ (आइतबार)
ललितपुरविरुद्ध चितवन, दिउँसो
काठमाडौंविरुद्ध भैरहवा, बिहान
असोज १८ (सोमबार)
विराटनगरविरुद्ध पोखरा, बिहान
चितवनविरुद्ध काठमाडौं, दिउँसो
असोज १९ (मंगलबार)
पहिलो क्वालिफायर, (लिगका शीर्ष दुई टोली ), १२ः१५ बजे दिउँसो
असोज २० (बुधबार) : एलिमिनेटर ( तेस्रो र चौथो टोली ) दिउँसो १२ ः १५ बजे
असोज २१ (बिहिबार) : दोस्रो क्वालिफायर (पहिलो क्वालिफायरको पराजित र एलिमिनेटर उपविजेता)
असोज २२ (शुक्रबार) : विश्राम दिन
असोज २३ (शनिबार) : फाइनल, दिउँसो १२ : १५ बजे
सम्पूर्ण टोलीहरु :
भैरहवा टोली : शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया)
मुख्य प्रशिक्षक : पुबुदु दसानायिके
विराटनगर टोली :
करण केसी(कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह (विकेटकिपर तथा उपकप्तान) , सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि.सी. रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्टइन्डिज), सिकन्दर राजा (जिम्बावे) र दीलशान मुनावीरा (श्रीलंका)
मुख्य प्रशिक्षक : मनोज कटवाल
काठमाडौंको टोली : सन्दीप लामिछाने (कप्तान), जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, शेर मल्ल, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल(जिम्बावे), शाहिद अफ्रिदी( पाकिस्तान), जनक प्रकाश(सिंगापुर) र रहमानउल्लाह गरबाज ।
मुख्य प्रशिक्षक : कलाम अली
पोखरा टोली : विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने(श्रीलंका) र सहान अर्चाचिगे (श्रीलंका) ।
मुख्य प्रशिक्षक : उमेश पटवाल
ललितपुरको टोली :
कुशल भुर्तेल (कप्तान), सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ, नागराज सिंह, मिक्यो दोर्जी(भुटान), आजमतुल्लाह ओमरजाई(अफगानिस्तान), सन्दुन वीराक्कोडी(श्रीलंका) ओशदा फर्नान्डो (श्रीलंका)
मुख्य प्रशिक्षक : राजु बस्नेत
चितवन टाइगर्स टिम
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, सन्दीप सुनार, देव खनाल, क्रिजन गुरुङ गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), वीरनदीप सिंह (मलेसिया) खेलाडी छन् ।
मुख्य प्रशिक्षक : सामसनजंग थापा

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]