default_image

4 years ago

September 29, 2021

पन्जाबमाथि मुम्बईको जित

135 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा मुम्बई इन्डियन्सले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस सिजनको पाँचौं जित निकाल्दै मुम्बई अंक तालिका पाँचौं स्थानमा उक्लिएको छ ।


जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईको जितमा हार्दिक पान्ड्याले ३० बलमा ४ चौका र २ छक्का सहित अविजित ४० रनको योगदान दिए । काइलन पोलार्डले ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । सौरभ तिवारी ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४५ रन बनाए । कप्तान रोहित शर्मा ८, क्विन्टन डि कक २७ र सूर्यकुमार यादव शून्यमा आउट भए ।

पन्जाबका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी र नाथन एलिसले १–१ विकेट लिए । त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । पन्जाबका एडेन माक्ररमले २९ बलमा ६ चौका सहित सर्वाधिक ४२ रनको योगदान दिए । दीपह हुड्डा २६ बलमा १ चौका र १ छक्का सहित २८ रन जोडे । ओपनर तथा कप्तान लोकेश राहुल २१, मन्दीप सिंह १५, क्रिस गेल १ र निकोलस पुरन २ रनमा आउट भए । हरप्रीत ब्रार १४ र नाथन एलिस ६ रनमा अविजित रहे ।

मुम्बईका काइरन पोलार्डले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । पोलार्डनै खेलमा प्लेयर अफ द म्याच चुनिए । जस्प्रित बुमराहले २, क्रुनाल पान्ड्या र राहुल चाहरले १–१ विकेट लिए । मुम्बईले अव शनिबार दिल्ली क्यापिटल्ससँग शारजाहमा खेल्नेछ । पन्जाबले शुक्रबार कोलकातामा दुबईसँग खेल्ने छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो छ । दिल्ली र चेन्नईको प्लेअफ लगभग निश्चित छ । औपचारिक मात्र बाँकी छ । आइपिएल इतिहासमा १६ अंक भएर पनि प्लेअफ नखेलेको रेकर्ड छैन । रोयल च्यालेन्जर्स बेंगलोर १० खेलमा ६ मा जित र ४ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता ११ खेलमा ५ जित र ६ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ । मुम्बई इन्डियन्स ११ खेलमा ५ मा जित र ६ मा हार सहित १० अंक बटुल्दै पाँचौ स्थानमा छ ।

पन्जाब ११ खेलमा ४ मा जित र ७ मा हार सहित ८ अंकका साथ छैटौं स्थानमा । राजस्थान रोयल्स १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंकका साथ छैटौं स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ८ मा हार र २ मा जित सहित ४ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.