default_image

9 years ago

November 12, 2016

अमेरिकामा नेपाली राइनोजको तेस्रो जित, सेमिफाइनलमा अन्डरडग्ससँग भिड्ने

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का सहित नेपाली ८ राष्ट्रिय क्रिकेट खेलाडी सम्मिलित नेपाली राइनोज समूह विजेता बन्दै अमेरिकामा जारी टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । वेस्ट इन्डिजका टोलीका पूर्व खेलाडी शन फिडंलेको आक्रामक शतकीय इनिङको मद्दतले आज नेपाली राइनोजले समरसेट कभालियर्सलाई ४४ रनले हराउँदै लगातार तेस्रो जितपछि समूह एको विजेताका रुपमा अघि बढेको हो । अब नेपाली राइनोजले फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता अन्डरडग्सको सामना गर्नेछ ।

usa
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली राइनोजले ले ७ विकेटको क्षेतिमा २ सय रन बनाएको थियो । जवाफमा समरसेटले ८ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो । नेपालले १० ओभरको पहिलो इनिङमा ३ विकेट गुमाएर ७१ रन बनाएको थियो । समरटेसले २ विकेटको क्षेतिमा ८० रन जोड्दै पहिलो इनिङमा ९ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा दमदार ब्याटिङ गरेको नेपाली राइनोजले थप ४ विकेट गुमाएर १ सय २९ रन बनायो र १ सय २० रनको अग्रता लिन सफल भयो । १ सय २१ रनको लक्ष्य पछ्याएको समसेटले थप ६ विकेट गुमाउँदै ७५ रन मात्र बनाउन सक्यो । नेपाली राइनोजका लागि फिडंलेले विस्फोटक व्याटिङ गर्दै ४६ बलमा १ सय १३ रन बनाए । उनले १२ छक्का र ३ चौका प्रहार गरेका थिए ।
नेपाली राइनोजका लागि अघिल्लो दुई खेलमा पनि राम्रो प्रदर्शन गरेका ओपनर सुवास खकुरेलले २२ रन, शरष भेषावकरले ३९, सोमपाल कामिले २१ रन बनाए । कप्तान पारस खाता खोल्न नपाउँदै आउट भए भने ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । सिद्धान्त लोहनीले पनि शून्यमै आउट भए । शतक बनाएका फिडंले र बसन्त रेग्मीले समान २ तथा पारस, सोमपाल र शदरले समान १ विकेट लिए ।
समरसेटका लागि वेस्ट इन्डिजका पूर्व खेलाडी जेभियर मार्शलले ५८, बंगलादेशका पूर्व खेलाडी तपश वैश्य र शेमरोय बेरिगंटनले समान २१ रन बनाए । पहिलो खेलमा एमएसएम इङ्ल्यान्डलाई ७ विकेटले हराएको नेपाली राइनोजले दोस्रो खेलमा युएई फाल्कोन्समाथि ५ विकेटको जित हासिल गरेको थियो । टु एक्स युएसएको विजेता टोलीले ६० हजार अमेरिकी डलरका साथै २० अमेरिकी डलर बराबरको मित्सुबिसी कार पुरस्कार वापत प्राप्त गर्नेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.