default_image

4 years ago

September 29, 2021

ललितपुरमाथि पोखराको सहज जित

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ ।

जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो । पोखरा रिचार्ड लेभी २२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान रित गौतम १४ बलमा १ चौका सहित १२ रनमा बोल्ड आउट भए । पहिलो विकेटका लागि लेभी र रितले ५.२ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।

ललितपुरका अजमतुल्लाह ओमरजाईले पहिलो ओभरमा ९ रन खर्चेका थिए । दोस्रो ओभरमा रिजन ढकालले ५ रन खर्चिए । तेस्रो ओभरमा योगेन्द्रसिंह कार्कीले ९ रन खर्चिएका थिए । रिजन ढकालले चौथो ओभरमा २ चौका सहित १२ रन खर्चिएका थिए । पवन सरार्फले पाँचौं ओभरमा ४ रन दिए । छैटौं ओभरको दोस्रो बलमा अजमतुल्लाहले रितलाई बोल्ड आउट गरे ।

छैटौं ओभरमा अजमतुल्लाहले १ विकेट लिएर २ रन दिएपछि खेल अन्तिम ओभरमा पुगेको थियो । अन्तिम ओभरमा पोखरालाई जितको लागि ११ रन आवश्यक परेको थियो । पवनलाई पहिलो बलमा लेभीले चौका प्रहार गरे । दोस्रो बलमा लेभीले छक्का प्रहार गर्दै जित सहज बनाए । एक रन चाहिँएको बेला लेभीले तेस्रो बलमा चौका प्रहार गर्दै खेल जिताए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्ढा ढिलो हुँदा खेल ७–७ ओभरमा झारिएको थियो । ललितपुरका विकेटकिपर सान्दुन वीराक्कोडीले १६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १९ रन बनाएका थिए ।

पहिलो ओभरमा केज्रिक विलियम्सले ७ रन खर्चेका थिए । तीव्र गतिका बलर विक्रम सोबको दोस्रो ओभरको पहिलो बलमा कप्तान कुशल भुर्तेल थर्डमा नन्दन यादवबाट ३ रनमा सहज क्याच आउट हुन पुगे । दोस्रो ओभरमा विक्रमले एक चौका सहित एक विकेट लिँदै कुल ७ रन खर्चेका थिए । नन्दन यादवको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका पवन सरार्फ लोकेश बमबाट ५ रनमा आउट भए । नन्दनले यस ओभरमा ६ रन खर्चिए ।

विक्रमको चौथो ओभरको पहिलो बलमा ठूलो सट खेलेका अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ डिप मिडविकेटमा सुनिल धमलाबाट एक रनमा क्याच आउट हुन पुगेका थिए । विक्रमले चौथो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । मध्यगतिका साहन आर्चचिगेले पाँचौं ओभरमा एक चौका र एक छक्का सहित कुल १४ रन खर्चिए । केज्रिकको छैटौं ओभरको तेस्रो बलमा सान्दुन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगे । केज्रिकले छैटौं ओभरमा १ विकेट लिँदै कुल १० रन खर्चेका थिए ।

सातौं ओभरको चौथो बलमा नन्दनले नारायण जोशीलाई ११ रनमा बोल्ड आउट गरे । नारायणले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । पाँचौं बलमा सन्दीप जोरा शून्यमा आउट भए । ओशद फर्नान्डो ७ बलमा १ चौका सहित १० रनमा अविजित रहे । पोखराका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विक्रमले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । केज्रिक विलियम्सले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

पहिलो खेलमा पोखराले भैरहवा ग्ल्याडियटर्ससँग बर्षाको कारण १-१ अंक बाँडेको थियो । पोखराले तेस्रो खेल शुक्रबार चितवन टाइगर्ससँग खेल्ने छ । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स इलेभेनसँग ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल ललितपुरले बिहीबार विराटनगर वारियर्ससँग खेल्ने छ । आज दोस्रो खेलमा भैरहवा र विराटनगर भिड्दैछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.