default_image

4 years ago

September 29, 2021

वसन्तले भैरहवाविरुद्ध खेल्दै

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली तथा विराटनगरका अनुभवी स्पिनर वसन्त रेग्मी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध खेलेका छन् । टियु मैदानमा टस हारेर विराटनगरले पहिला ब्याटिङ गरि रहेको छ ।

विराटनगरले बुझाएको प्लेइङ–११ मा वसन्त रेग्मी छन् । वसन्त अमेरिकाबाट केहि दिनअघि मात्र नेपाल आएका थिए । वसन्तले पहिलो खेल चितवन टाइगर्सविरुद्ध गुमाएका थिए । चैतमा अमेरिका गएका वसन्त त्यहाँ घरेलु क्रिकेट खेल्दै आएका थिए । इपिएल नखेल्ने बताएपनि अन्तिम समयमा नेपाल आएका थिए ।

विराटनगरले आजको खेलमा तीन परिवर्तन गरेको छ । चितवन टाइगर्सविरुद्ध खेलबाट विक्रम भुषाल, अनिल खरेल र रयानखान पठानलाई बेन्चमा राखेको छ । दिलशान मुनाविरा, वसन्त रेग्मी र रामनरेश गिरीलाई मौका दिएको छ । भैरहवाले आजको खेलमा एक परिवर्तन गरेको छ । स्पिनर तुलबहादुर थापाको स्थानमा कृष्ण काकीलाई मौका दिएको छ ।

विराटनगर पहिलो खेलमा चितवनसँग २ विकेटले पराजित भएको थियो । भैरहवाले पोखरा राइनोजसँग वर्षाको कारण अंक बाँडेको थियो । बुधबार भएको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको थियो ।

विराटनगर प्लेइङ ११ :

करण केसी (कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह, रामनरेश गिरी, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, वसन्त रेग्मी, दिलशान मुनाविरा, चन्द्रपाउल हेमराज र सिकन्दर राजा

भैरहवा प्लेइङ ११ :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.