4 years ago
September 29, 2021
काठमाडौं(हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सविरुद्ध सुस्त सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती १० ओभरमा ४ विकेट गुमाउँदै ५४ रन बनाएको छ । विराटनगरका सिकन्दर राजा ४ रनमा अविजित छन् ।

पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर उपुल थरंगाबाट शून्यमा क्याच आउट भएका थिए । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले छैटौं ओभरको तेस्रो बलमा ओपनर आसिफ शेखलाई ११ रनमा बोल्ड आउट गरे । आसिफ अघि बढेर सट खेल्नेक्रममा मिस हुँदा बोल्ड हुन पुगेका थिए । आरिफ शेखको आठौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अनिलकुमार शाह वैकल्पिक फिल्डर भुवन कार्कीबाट ११ रनमा क्याच आउट भए ।
आरिफ शेखको दशौं ओभरको अन्तिम बलमा दीलशान २५ रनमा अभिनाष बोहराबाट क्याच आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।
विराटनगरले आजको खेलमा तीन परिवर्तन गरेको छ । चितवन टाइगर्सविरुद्ध खेलबाट विक्रम भुषाल, अनिल खरेल र रयानखान पठानलाई बेन्चमा राखेको छ । दिलशान मुनाविरा, वसन्त रेग्मी र रामनरेश गिरीलाई मौका दिएको छ । भैरहवाले आजको खेलमा एक परिवर्तन गरेको छ । स्पिनर तुलबहादुर थापाको स्थानमा कृष्ण काकीलाई मौका दिएको छ ।
विराटनगर पहिलो खेलमा चितवनसँग २ विकेटले पराजित भएको थियो । भैरहवाले पोखरा राइनोजसँग वर्षाको कारण अंक बाँडेको थियो । बुधबार भएको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको थियो ।
विराटनगर प्लेइङ ११ :
करण केसी (कप्तान), आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह, रामनरेश गिरी, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, वसन्त रेग्मी, दिलशान मुनाविरा, चन्द्रपाउल हेमराज र सिकन्दर राजा
भैरहवा प्लेइङ ११ :
शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]