default_image

4 years ago

September 29, 2021

भैरहवाको बलिङसामु चलेन विराटनगरको ब्याटिङ

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई ९० लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो ।

विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर उपुल थरंगाबाट शून्यमा क्याच आउट गराए । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले छैटौं ओभरको तेस्रो बलमा ओपनर आसिफ शेखलाई ११ रनमा बोल्ड आउट गरे । आसिफ अघि बढेर सट खेल्नेक्रममा मिस हुँदा बोल्ड हुन पुगेका थिए ।

आरिफको आठौं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका अनिलकुमार शाह वैकल्पिक फिल्डर भुवन कार्कीबाट ११ रनमा समातिन पुगे ।
आरिफ शेखको दशौं ओभरको अन्तिम बलमा दीलशान २५ रनमा अभिनाष बोहराबाट क्याच आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । कृष्ण कार्कीले कप्तान करण केसीलाई शून्यमा क्याच आउट गराए ।

आरिफको १२ औं ओभरको चौथो बलमा सिकन्दर राजा लङअनमा अभिनाषबाट ५ रनमा क्याच आउट भएपछि विराटनगर ६६–६ को अवस्थामा पुगेको थियो । अभिनाषको बलमा सौरभ खनाल ३ रनमा क्याच आउट भएका थिए । प्रतिश जि.सी शून्य, सुमित महर्जन १३ र वसन्त रेग्मी १० रन बनाए ।

भैरहवामा मध्यगतिका बलर आरिफ शेखले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । धाम्मिका प्रसादले ३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर विकेट लिए । अभिनाष बोहराले ३.४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.