default_image

4 years ago

September 29, 2021

क्यान सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठद्धारा राजीनामा घोषणा

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाअध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । बुधबार प्याकुरेलले काठमाडौंमा एक कार्यक्रम गर्दै राजीनामा दिएको जनाएका छन् ।

एकदकश भन्दा लामो यात्रामा साथ दिने सबैलाई धन्यावाद दिएका छन् । आगमी दिनमा क्यान थप सफल र सक्षमको सुभकामना दिँदै राजीनामा दिएको छ । प्याकुरेलले आफूले क्यानलाई आइसिसीले निलम्बन सशर्त फुकुवा भएको दिननै राजीनामा दिने योजना समेत रहेको बताए । क्यानमा आफ्नो अभियान पूरा गर्न सफल भएको हुँदा छाडेको बताएका छन् ।

दुई वर्षअघि असोज ११ मा चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । प्याकुरेलले सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए । प्याकुरेल निर्वाचित भएको आइतबार दुईवर्ष कार्यकाल पूरा भएको थियो । उनको दुईवर्ष कार्यकाल आलोचना हुँदै आएको छ ।

क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलले अध्यक्ष चतुरबहादुर चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको थियो । पछिल्लो समय कोषाध्यक्ष रोशनसँग सचिवको बोलचानै नभएको पनि अरोप लाग्दै आएको छ । कतिपय क्यानका सदस्यले प्याकुरेलले आफ्नो गुटका ब्यक्तिगका मान्छेको इसारामा नाचेको पनि आरोप लाग्दै आएको थियो ।

एड प्याडलाई जर्सी प्रायोजक, त्रिकोणात्मक सिरिजमा जोरी स्पोर्ट्सलाई १५ लाखमा विक्री र नेपाल प्रिमियर लिग (एनपिएल) भारतीय कम्पनी सेभेन थ्री स्टारलाई ठेक्का दिनेमा प्याकुरेलको बढी हात बढी रहेको आरोप पनि लागेको छ । प्रवक्ता भूमिकामा पनि प्याकुरेलको काम प्रति असन्तुष्टि रहँदै आएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.