4 years ago
September 30, 2021
भुपेन्द्र जिसी, काठमाडौं
पछिल्लो तीन महिना अन्तरमा नेपाली क्रिकेटमा तीन अप्रत्याशित घटनाक्रम विकास भए । कोरोनाको दोस्रो लहरपछि विस्तारै गतिको सम्भावना देखाएको नेपाली क्रिकेटको मैदान बाहिर एकपछि अर्को पहिरो जाने क्रम रोकिएको छैन । साउन १९ गते नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै धेरैलाई आश्चार्यमा पारेका थिए ।

भदौं ११ गते मुख्य प्रशिक्षक देभ ह्वाटमोरले सम्झौता अवाधि तीन महिना बाँकी रहँदै ओमान भ्रमणबाटै राजीनामा बुझाए । विशेषत ब्याटिङमा उनले देखाएको सुधारको संकेतले नेपाली क्रिकेटले केहि आशा बढेको थियो । उनी एकवर्षको लागि मात्र नेपाल आएको धेरैलाई पत्तो भने थिएन ।
अप्रत्याशित घटनाक्रमले बुधबार पनि निरन्तरता पायो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पद त्यागको घोषणा गरे । दुई वर्षअघि क्यान निर्वाचनमा अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वले क्लिनस्विप गरेको थियो । क्यान विवाद र निलम्बन रहँदा चतुर र प्याकुरेल एकै धारमा थिए । राजीनामाको घोषणा गर्ने क्रममा श्रेष्ठ र प्याकुरेलले आफूहरुले सोचे भन्दा छिटो जिम्मेवारी पूरा भएकाले पद त्याग्ने निष्कर्षमा पुगेको सुनाए । आगामी कार्यकालका लागि अध्यक्षका सम्भावित दाबेदारका रुपमा हेरिएका प्याकुरेलले क्यानमा फर्कने सम्भावना तत्काल नरहेको समेत प्रष्ट पारे ।
यद्दपी उनीहरुले राजीनामा गर्नु पर्ने प्रष्ट कारण भने खुलाएका छैनन् । स्पष्ट रुपमा कुरा नगर्ने प्याकुरेलको पुरानै शैली हो । क्यानमा आफ्नो अभियान पूरा भएको, युवालाई नेतृत्व दिने सहि समय र पदमा रहि रहनुपर्छ भन्ने परम्पराको अन्त्यका लागि आफूहरुले स्टेप डाउन गर्ने निर्णय लिएको उनले पत्रकार सम्मेलनमा बताएका थिए । तर उनले भनेझैँ केहि नभएर उनीहरु राजीनामा गर्ने मुडमा पुगेको भन्न सकिने अवस्था छैन । क्यान भित्रको असन्तुष्टी, गुटबन्दी, एकअर्काको अस्तित्व स्वीकार नगर्ने जस्ता कारणले उनीले राजीनामा निर्णयमा पुगेको बुझाइ कतिपयको छ । सबैले आ आफ्नो तर्क राख्न सक्ने भएपनि प्याकुरेल आफू भने त्यस्तो केहि समस्या नरहेको बताउँछन् ।

‘हामीले क्यान विधान, चुनाव, आइसिसीको निलम्बन फुकुवा, क्यानलाई पूर्ण क्रियाशिल बनाउने एउटा अठोट लिएका थियौं । त्यो पूरा भएसँगै हामीले लिएको अभियान पनि पूरा भएको छ । त्यसैले क्यानको बाटो अन्त्य गरेका हौं’, राजीनामा को घोषणा गर्दै प्याकुरेलले भका थिए, ‘नेपालमा कुनै पनि संस्था र संघको पदमा बसिर रहनुपर्छ भन्ने मान्यताविरुद्ध यो सहि उदाहरण बन्नसक्छ । यो स्यंमसेवक संस्था हो । यसैमा अन्तिम सम्म रहिरहनुपर्छ भन्ने पनि छैन । क्यान छाडेपनि क्रिकेट संघ आफ्नो लगाव, सम्बन्ध र नाता रहि रहने छ ।’
‘जुन जिम्मेवारी र पद लिएर बस्दै आएका थियौं त्यसबाट हामी आजदेखि (बुधबार) अलग भएका छौं । क्यानमा निर्वाचन भएर आउने सम्भावना तत्कालनको लागि छैन, प्याकुरेलले भने । उनले क्यानका अन्य पदाधिकारीलाई जानकारी नदिइ एकै पटक घोषणा गरेको बताएका छन् । उपाध्यक्ष श्रेष्ठले आफू निर्वाचनकै समयमा पदमा बस्न नचाहेको स्मरण गरे । ‘म निर्वाचनमा लड्ने सोचमा पनि थिएन । अरुलाई मौका दिने यो सहि समय हो भनेको थिए । तर परिस्थिति त्यस्तै बन्यो । साथीहरुसँगको सल्लाहपछि निर्वाचनमा भाग लिइयो । अब नयाँलाई विकास गर्ने र तयार पार्ने समय दिनुपर्छ । पछि नेतृत्व तयार नभएमा कठिन पर्नसक्छ’, उनले भने ।
क्यानभित्र पछिल्लो समय गुट मौलाउँदै गएको चर्चा छ । अध्यक्ष चन्द, सचिव प्याकुरेल र कोषध्यक्ष रोशनकुमार सिंहबीच सम्बन्ध चिसो रहेको बताइन्छ् । प्याकुरेलले बिग्रिदो सम्बन्धको कारण भने राजीनामा नदिएको प्रष्टाए । ‘संस्थामा धेरै फरक फरक किसिमका मान्छे हुनु स्वभाविक हो । एउटाको कुरा अर्कोलाई चित्त बुझ्छ नै भन्ने हुन्न । सबैको धारणा एउटै हुनुपर्छ भन्ने छैन र त्यो हुन सक्दैन । जयकुमार नाथ शाह अध्यक्ष हुँदा म क्रिकेट संघमा थिए । त्यो समय पनि विवाद थियो । विनयराज पाण्डे हुँदा पनि विवाद थियो । टंक आङबाङ हुँदा अझ बढी थियो । चतुरजी हुँदा पनि छ । भोली अर्को आउँदा पनि हुनसक्छ’, उनले भने ।

राजीनामा नितान्त व्यक्तिगत विषय भउकाले संघका अन्य पदाधिकारीसँग सल्लाह लिएर दिन आवश्यक नरेको उनको भनाई थियो । ‘मेरो कुरा अर्कोलाई मन नपर्न र चित्त नबुझ्न सक्छ । अरुको कुरा मलाई मन नपर्न सक्छ । सबैजना एकै ठाउँमा हुनुपर्छ भन्ने छैन र त्यो हुन सक्दैन । त्यो संस्थाको प्रवितृनै हो । हामीले हाम्रो कारण छाडेका हौं, प्याकुरेललले थपे ।
‘क्यानमा धार, गुट र सम्बन्ध राम्रो छैन भन्ने लागेका छ होला । त्यो मेरो सोच भन्दा धेरै टाढाको कुरा हो । त्यसका लागि मैले क्यानमा संघर्ष र पदमा रहन लडेको हैन । अझ भन्नुपर्दा चुनाव भएर आइसिसीको निलम्बन फुकुवा भएको दिन हामी छाड्न चाहन्थ्यौं । तर त्यो समय अनुकुल थिएन । क्यान बलियो भई सकेको थिएन । अहिले जस्तो क्यानमा व्यवस्थापन आएको थिएन । त्यसैले त्यो बेला छाडेनौं,’ प्याकुरेलले भने ।
विश्लेषण र आरोप त जसरी पनि गर्न सकिन्छ । सबैको एउटै विचार हुनुपर्छ भन्ने छैन । घरमा श्रीमान र श्रीमतीको त कुरा मिल्दैन । हामी १९ जना सबै एक छौं पनि भनेको छैन । तर मैले कसैको कारण राजीनामा दिएको होईन । मैले मेरो निर्णय लिएको हो, प्याकुरेलले पटक पटक स्व इच्छाले राजीनामा दिने निर्णय लिएको पटक पटक दोहोराएका थिए । तत्काल नै क्यानमा फर्किने सम्भावना नरहेको पनि उनले प्रष्ट पार्न खोजेका थिए ।
यता क्यान अध्यक्ष चन्दले क्यानलाई राजीनामा आएको पुष्टि गरेका छन् । तर उनले राजीनामा फिर्ता गर्न आग्रह गर्ने बताए । ‘सबै कुरा राम्रो चलिरहेको थियो । राजीनामा दिनुपर्ने कुनै कारण छैन । म फिर्ता लिन आग्रह गर्ने छु’, चन्दले भने । प्याकुरेल आफू क्यानमा नफर्किने बताएका छन् । विधान अनुसार बोर्ड बैठकले उक्त पदको लागि केन्द्रिय सदस्यलाई तत्कालको लागि नियुक्त गर्नेछ । वार्षिक साधरण सभाबाट पारित गर्नुपर्ने हुन्छ ।

एकै समूहबाट चन्द र प्याकुरेल निर्वाचित भएका थिए । तर, निर्वाचनको केहि समयपछि बाटनै उनीहरुबीच तालमेल मिल्न नसकेको बताइन्छ । एकले अर्कालाई असहयोग गर्दै आएका थिए । क्यान बैठक बीचै छोडेर हिड्ने अवस्था समेत आएको थियो । कोरोना महामारीको कारण दुईवर्ष कार्यकालमा खासै धेरै काम भएन । दुईवर्ष नेपाली क्रिकेट ठप्प जस्तै रह्यो । त्यसैले गुट र धार त्यसले पनि मथ्थर थियो । कोरोना महामारी नभएको भए सायद यो घटना पहिलानै घट्न पनि सक्थ्यो ।
क्यानको पछिल्लो दुई वर्ष सम्झन लायक रहेन । धेरै विवाद र आलोचना सामना गर्नुपर्यो । एड प्याडलाई जर्सीको मुख्य प्रायोजन, टि२० आई त्रिकोणात्मक सिरिज जोरा स्पोर्ट्ससलाई १५ लाखमा ठेक्का र नेपाल प्रिमियर लिग (एनपिएल) भारतीय कम्पनीलाई ठेक्का दिने निर्णय प्याकुरेल र क्यानले सामना गरेका ठूला आलोचना हुन् ।
प्रवक्ता समेत रहेका प्याकुरेलको सुचना प्रवाहमा पनि समस्या रहेको धेरैको बुझाई छ । कतिपयले एनपिएलको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्रीले हात झिकेपछि नैतिकताका कारण पनि उनले राजीनामा दिएको अनुमान गर्नेपनि छन् । क्यान एनपिएल ठेक्का सम्झौताको विषय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अड्किएको बताउँछ । राखेपको सिफारिसमा खेलकुद मन्त्रायले स्वीकृति दिनुपर्ने हुन्छ ।
आइसिसीले अहिलेको क्यान नेतृत्वमाथि पूर्ण विश्वास गर्न सकेको छैन । त्यसैको कारण सशर्त फुकुवा अझै पूर्णरुपमा हटेको छैन । यो समय व्यक्तिगत स्वार्थ भन्दापनि हातेमालो गर्न सकेन भने क्यान आउने दिनमा थप अस्थिर हुने खतरा रहन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]