default_image

4 years ago

September 29, 2021

म्याक्सवेलको अर्धशतकमा बेंगलोरको सहज जित

154 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको बेंगालेरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।


बेंगलोरका ग्लेन म्याक्सवेल ३० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा अविजित रहे । एवि डिभिलियर्स ४ रनमा अविजित रहे । विकेटकिपर स्रिकर भरतले ३५ बलमा ३ चौका र १ छक्का सहित ४४ रनको योगदान दिए । कप्तान विराट कोहली २० बलमा ४ चौका सहित २५ रनमा रन आउट भए । युवा ओपनर देवदत्त पाडिक्कल १७ बलमा ४ चौका सहित २२ रनमा आउट भए । राजस्थानका मुस्ताफिजुर रहमानले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । राजस्थान रोयल्सका ओपनर एविन लेविसले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । युवा ब्याट्सम्यान यशस्वी जैसावलले २२ बलमा ३ चौका र २ छक्का सहित ३१ रनको योगदान दिए ।

राजस्थानलाई जैसवाल र लेविसले पहिलो विकेटका लागि ८.२ ओभरमा ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यसपछिका ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुगेको हो । कप्तान सन्जु स्यामसन १९, क्रिस मोरिस १४, लियाम लिभिङस्टोन ६ र रियान पराग ९ रनमा आउट भए ।


बंगलोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहल र शहबाज नदिमले २–२ विकेट लिए । ड्यानियल क्रिष्टियन र जर्ज ग्रेटनले १–१ विकेट लिए । राजस्थानले अव शनिबार चेन्नईसँग खेल्ने छ । प्लेअफमा स्थान बनाउन राजस्थानलाई बाँकी सबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । चेन्नईलाई प्लेअफमा पुग्न औपचारिकता मात्र बाँकी छ । बेंगलोरले आइतबार पन्जाबसँग खेल्ने छ । पन्जाबलाई उक्त खेलमा हराउन सके बेंगलोरको प्लेअफ स्थान पक्का बन्नेछ । पन्जाबले बाँकी सबै खेलमा जित मात्र निकालेर प्लेअफमा पुग्न सक्दैन । अन्य टोलीको नतिजामा पनि निर्भर रहनुपर्ने हुन्छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स १० खेलमा ८ जित र २ मा हार सहित १६ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो छ । दिल्ली र चेन्नईको प्लेअफ लगभग निश्चित छ । औपचारिक मात्र बाँकी छ । आइपिएल इतिहासमा १६ अंक भएर पनि प्लेअफ नखेलेको रेकर्ड छैन ।

रोयल च्यालेन्जर्स बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोरको पनि प्लेअफ सम्भावना बलियो बनेको छ । कोलकाता ११ खेलमा ५ जित र ६ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ । मुम्बई इन्डियन्स ११ खेलमा ५ मा जित र ६ मा हार सहित १० अंक बटुल्दै पाँचौ स्थानमा छ ।

पन्जाब ११ खेलमा ४ मा जित र ७ मा हार सहित ८ अंकका साथ छैटौं स्थानमा । राजस्थान रोयल्स ११ खेलमा ७ मा हार र ४ मा जित सहित ८ अंकका साथ सातौ स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ८ मा हार र २ मा जित सहित ४ अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.