default_image

4 years ago

September 30, 2021

सागरको घातक बलिङसँगै काठमाडौं रोकियो

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालको घातक बलिङसँगै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को नवौं खेलमा काठमाडौं किंग्स इलेभेनले चितवन टाइगर्सलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

काठमाडौंका ओपनर सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । ओपनर रहमानउल्लाह गुरबाजलाई दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । पाँचौं ओभरको तेस्रो बलमा स्पिनर शेकुगे प्रसन्नाले अमित श्रेष्ठलाई ६ रनमा बोल्ड आउट गरे । दशौं ओभरको चौथो बलमा करिम जन्नतले राजु रिजाललाई २८ रनमा बोल्ड आउट गरे ।

राजुले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । राजु आउट हुँदा काठमाडौं ९.४ ओभरमा ७२–३ को बलियो अवस्थामा थियो । तर त्यसपछि सागरले एकपछि अर्को विकेट लिँदै काठमाडौंलाई सस्तैमा रोकेका थिए । ११ औं ओभरको तेस्रो बलमा स्पिनर सागर ढकालले रायन बर्ललाई प्रसन्नाबाट शून्यमा क्याच गराएपछि चितवनले खेलमा पूनरागमन गरेको थियो । सागरले १३ औं ओभरको तेस्रो बलमा सुवास खकुरेलाई एबलीडब्लू आउट गर्दा काठमाडौं ८८–५ को अवस्थामा पुगेको थियो ।

सागरकै बलमा ठूलो सट खेलेका गुलशन साहब आलमबाट ४ रनमा आउट आउट भएका थिए । सागरले आफ्नो स्पेलको अन्तिम बलमा अमर सिंह राउटेलालाई ५ रनमा बोल्ड आउट गर्दा काठमाडौं १२६–७ को अवस्थामा पुगेको थियो । सन्दीप लामिछाने ८ र सिद्धान्त लोहनी ७ रनमा अविजित रहे । तल्लोक्रममा जनक प्रकाश १६ बलमा १ चौका र २ छक्का सहित २६ रन बनाए ।

चितवनका स्पिनर सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । करिम जन्नतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । शेकुगे प्रसन्ना र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.