4 years ago
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सका सान्दुन विराक्कोडीले भैरहवा ग्ल्याडियटर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरलाई राम्रो सुरुवात दिनेक्रममा सान्दुनले ३५ बलमा अर्धशतक प्रहार गरे । ललितपुरले ११ ओभरमा २ विकेट गुमाउँदै ८९ रन बनाएको छ । सान्दुन ३९ बलमा २ चौका र ५ छक्का सहित ५७ रनमा अविजित छन् । सन्दीप जोरा ३ रनमा अविजित छन् ।
दोस्रो ओभरको तेस्रो बलमा कप्तान तथा ओपनर कुशल भुर्तेल २ रनमा रन आउट हुन पुगे । कुशल यसअघिका दुई खेलमा पनि सस्तैमा आउट भएका थिए । कुशल काठमाडौंसँग खेलमा गोल्डेन डक र पोखरा राइनोजसँग ३ रनमा आउट भए । दोस्रो विकेटका लागि दुई श्रीलंका ब्याटर फर्नान्डो र विराक्कोडीले ६६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ अघि बढाएका थिए ।
भैहरवाले आज खेलमा टोलीमा परिवर्तन गरेको छैन । विराटनगरविरुद्ध टोलीलाई निरन्तरता दिएको छ । ललितपुरले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । स्पिनर ललितनारायण राजवंशीलाई मौका दिँदा शंकर रानालाई बेन्चमा राखेको छ ।
पहिलो खेलमा भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको थियो । ललितपुर पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको हो । ललितपुरलाई आजको खेल जित्नै पर्ने दबाब छ ।
भैरहवा प्लेइङ ११ :
शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुर थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की ।
ललितपुरको प्लेइङ ११ :
कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, ललितनारायण राजवंशी, नारायण जोशी, सन्दुन वीराक्कोडी, ओशदा फर्नान्डो, अजमतुल्लाह ओमरजाई ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]