default_image

4 years ago

September 30, 2021

रिजनलाई तमिमको विकेट

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले बंगलादेशका ओपनर तमिम इकबालको विकेट लिएका छन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सका रिजनले भैरहवा ग्ल्याडियटर्सका तमिमलाई १४ रनमा आउट गराएका छन् ।

टियु मैदानमा जारी खेलमा जितको लागि १ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको भैरहवाले ६ ओभरमा ३ विकेट गुमाउँदै ३६ रन बनाएको छ । रिजनले पाँचौं ओभरको चौथो बलमा तमिमलाई कप्तान कुशल भुर्तेलबाट १४ रनमा क्याच आउट गराए । ठूलो सट खेलेका तमिम लङअफमा समातिन पुगेका थिए । तमिम पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध १२ रनमा आउट भएका थिए । इपिएलमा रिजनको यो पहिलो विकेट हो । तमिमले १६ बलमा ३ चौका प्रहार गरे ।

राशिद खानको बलमा प्रदीप ऐरी २ रनमा अमजतुल्लाह ओमरजाईबाट क्याच आउट भएका थिए । राशिदको बलमा रोहित २ रनमा क्याच आउट भएका छन् । भैरहवा उपुल थरंगा ५ र आरिफ शेख १ क्रिजमा छन् ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए ।

पहिलो खेलमा भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको थियो । ललितपुर पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको हो । ललितपुरलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.