4 years ago
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान तथा बायाँ हाते ओपनर उपुल थरंगाले बिहीबार प्रहार गरेको छक्काले टियु क्रिकेट मैदानमा रहेको क्यान्टिनको झ्यालको सिसा फुटेको छ ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट ललितपुर प्याट्रियर्सविरुद्ध खेलको क्रममा थरंगाले छक्का प्रहार गरेको बलले क्यान्टिनको झ्यालमा लागेपछि सिसा फुट्न पुगेको छ । भैरहवालाई हारबाट जोगाउन उत्कृष्ट प्रदर्शन गर्नेक्रममा उनले प्रहार गरेको एक छक्का हानेको बल क्यान्टिनको झ्यालमा लागेको थियो । थरंगाले १४ औं ओभरको पहिलो बलमा स्पिनर पवन सरार्फलाई लङअफमा छक्का प्रहार गरेका थिए । लामो छक्का प्रहार गर्नेक्रममा उनले हानेको बलले क्यान्टिनको झ्यालको सिसा फुटेको हो ।
निकै नै रोमान्चक खेलमा थरंगा ४४ बलमा ६ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । उनले खेलपछि आरिफ शेख र कुशल मल्लको प्रशंसा गरे । ‘आज विपक्षी बलरले राम्रो गरे । उनीहरुको सुरुवात राम्रो थियो । विशेष गरि बायाँ हाते बलर रिजन ढकालले साँच्चै उत्कृष्ट बलिङ गरेका थिए’, थरंगाले खेलपछि भने,’ तर हामीले योजना अनुसार नै ब्याटिङ गर्यौं । कुशल र आरिफले राम्रो प्रदर्शन गरे । कुशलको ब्याटिङ प्रशंसनीय थियो ।’
क्यान्टिन सिसा फुटेको विषयमा जोड्दै कति छक्का प्रहार गर्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘छक्का कति प्रहार गर्छु म भन्न सक्दिँन । तर आशा गरौं आगमी खेलमा राम्रो प्रर्दशन गर्दै धेरै छक्का प्रहार गर्न सकुँ ।’

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएपछि खेल बराबरमा सकिएको थियो । खराब प्रकाश (रात परेको कारण) कारण सुपर ओभर हुन नसकेपछि दुबै टोलीले १–१ अंक बाँड्न बाध्य भए । अन्तिम बलमा जितको लागि ७ रन चाहिँएको अवस्थामा कप्तान शरद भेषावकरले लङअनमा छक्का प्रहार गर्दै खेल बराबरमा सकाए ।
थरंगाले नेपाली खेलाडी धेरै प्रतिभावान् भएको बताएका छन् । विशेष त ब्याटिङ भन्दा बलिङमा बढी प्रतिभा भएको बताए । भैरहवा कुशल मल्लले ३५ र आरिफ शेखले २८ रनको योगदान दिए । ललितपुरका राशिद खानले ३ र रिजन ढकालले २ विकेट लिएका थिए ।
त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भएका थिए ।

पहिलो खेलमा भैरहवाले पोखरासँग वर्षाको कारण अंक बाँडेको थियो । दोस्रो खेलमा भैरहवाले विराटनगरलाई ६ विकेटले पराजित गरेको थियो । ललितपुर पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा पोखरासँग ९ विकेटले पराजित भएको हो । शुक्रबार ललितपुरले विराटनगरसँग खेल्ने छ । भैरहवाले शनिवार काठमाडौं किंग्स इलेभेनसँग खेल्ने छ ।
अंक तालिका
भैरहवा ३ खेलमा १ मा जित र दुई खेलमा अंक बाड्ँदै ४ अंकका साथ शीर्षस्थानमा छ । चितवन २ खेलमा २ मानै जितका साथ ४ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । पोखरा २ खेलमा एकमा जित र १ खेलमा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौं २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ । ललितपुर ३ खेलमा २ मा हार र १ खेलमा अंक बाँड्दै पाँचौ स्थानमा छ । विराटनगर वारियर्स २ खेलमा अंक विहिन हुँदै पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]