default_image

4 years ago

September 30, 2021

हैदराबादलाई हराउँदै चेन्नई प्लेअफमा

192 views

0 Bookmark

एजेन्सी – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नई खेलेका १२ संस्करणको आइपिएल मध्य ११ औं पटक प्लेअफमा पुगेको हो । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन खेल अगावै प्लेअफमा स्थान बनाएका छन् । यो हारसँगै सनराइजर्स हैदराबादको शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना सकिएको छ ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ३८ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । फाफ डु प्लेसिस ३६ बलमा ३ चौका र २ छक्का सहित ४१ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ११ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । अम्बाती रायुडू १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे ।

चेन्नईलाई ओपनर फाफ डु प्लेसिस र ऋतुराजले १०.१ ओभरमा ७५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । मोईन अली १७ र सुरेश रैना २ रनमा आउट भए । हैदराबादका जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । राशिद खानले १ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका विकेटकिपर तथा ओपनर ऋद्धिमान शाहले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए ।हैदराबादका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर जेसन रोय २, केन विलियम्सन ११, प्रियम गर्ग ७, अभिषेक शर्मा र अब्दुल सामद १८–१८ रनमा आउट भए । राशिद खान १३ बलमा २ चौका सहित १७ रनमा अविजित रहे । प्रमुख ब्याटर डेविड वार्नर खराब लयको कारण टोलीमा थिएनन् । चेन्नईका तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मध्यगतिका बलर ड्वेन ब्राभोले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । शार्दूल ठाकुर र रविन्द्र जडेजाको नाममा १–१ विकेट रह्यो ।


चेन्नई आइपिएल इतिहासमा गतवर्ष पहिलो पटक लिग चरणबाटै बाहिरिएको थियो । २०२० बाहेक अन्य सबै संस्करणमा चेन्नईले सहजै प्लेअफमा स्थान बनाएको थियो । चेन्नईले तीन आइपिएल उपाधि जितेको छ । चेन्नईले शनिबार आबूधाबीमा खेल्नेछ । हैदराबादले आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

अंक तालिका

चेन्नई सुपर किंग्स ११ खेलमा ९ जित र २ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा रहँदै प्लेअफमा स्थान बनाएको छ । चेन्नईको शीर्ष दुईमा रहेर सिधैं क्वालिफायर खेल्ने सम्भावना छ । दिल्ली क्यापिटल्स ११ खेलमा ८ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । दिल्लीको प्लेअफ औपचारिकता बाँकी छ ।

रोयल च्यालेन्जर्स बेंगलोर ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । बेंगलोरको पनि प्लेअफ सम्भावना बलियो छ । कोलकाता ११ खेलमा ५ जित र ६ मा हार सहित १० अंकका साथ चौथो स्थानमा छ । मुम्बई इन्डियन्स ११ खेलमा ५ मा जित र ६ मा हार सहित १० अंक बटुल्दै पाँचौं स्थानमा छ ।

पन्जाब ११ खेलमा ४ मा जित र ७ मा हार सहित ८ अंकका साथ छैटौं स्थानमा । राजस्थान रोयल्स ११ खेलमा ४ मा जित र ७ मा हार सहित सहित ८ अंकका साथ सातौ स्थानमा छ । राजस्थान र पन्जाबले बाँकी सबै खेलमा जित निकाल्नुपर्ने हुन्छ । जितले मात्र पुग्ने छैन अन्य टोलीको नतिजामा निर्भर रहने छ । सनराइजर्स हैदराबाद ११ खेलमा ९ मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ । हैदराबादको अघिल्लो चरणको सम्भावना सकिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.