default_image

4 years ago

October 1, 2021

विराटनगरविरुद्ध ललितपुरको टोलीमा कोल्सावाला

116 views

0 Bookmark

कााठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको ११ औं खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।


टियु क्रिकेट मैदानमा विराटनगरका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । विराटनगरले टोलीमा कुनै परिवर्तन गरेको छैन । ललितपुरले एक परिवर्तन गरेको छ । भारतीय विकेटकिपर ब्याटर जयकिशन कोल्सावालालाई ललितपुरको टोलीमा छन् । उनी यसअघि ललितपुरको टोलीमा थिएनन् । २०१८ मा ललितपुरले उपाधि जित्दा कोल्सावालाले उत्कृष्ट प्रदर्शन गरेका थिए । ललितपुरले ओशदा फर्नान्डोलाई बाहिर राख्दै कोल्सावालाई मौका दिएको छ । ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि ललितपुरले कोल्सावालाई टोलीमा समेटेको बुझिएको छ ।

२०१८ मा कोल्सावालाले ललितपुरबाट ७ खेलमा २ अर्धशतक सहित कुल १ सय ८८ रन बनाएका थिए । २०१९ मा धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाइसी अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण कोल्सावाले काठमाडौं गोल्डेनबाट खेलेका थिए ।

विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट र भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटले पराजित भएको थियो । ललितपुर पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन ७ विकेट र पोखरा राइनोजसँग ९ विकेटले पराजित भएको थियो । भैरहवासँग खेल बराबर भएपछि ललितपुरले अंक बाँडेको थियो । दुबै टोलीले प्लेअफको सम्भावना कायमै राख्न आजको जित जित्नै पर्ने हुन्छ ।

ललितपुरको प्लेइङ ११ :

कुशल भुर्तेल (कप्तान) सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, ललितनारायण राजवंशी, नारायण जोशी, सन्दुन वीराक्कोडी, जयकिशन कोल्सावाला, अजमतुल्लाह ओमरजाई ।

विराटनगर प्लेइङ ११ :

करण केसी (कप्तान) आसिफ शेख (विकेटकिपर), अनिल कुमार शाह, रामनरेश गिरी, सौरभ खनाल, सुमित महर्जन, प्रतिश जि.सी, वसन्त रेग्मी, दिलशान मुनाविरा, चन्द्रपाउल हेमराज र सिकन्दर राजा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.