4 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका ओपनर ब्याटर सान्दुन विराक्कोडीले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको ११ औं खेलमा विराटनगर वारियर्सविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन् ।

टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ९८ रन बनाएको छ । सान्दुनले २८ बलमा अर्धशतक पूरा गरे । उनले १० औं ओभरको पहिलो बलमा एक रन बटुल्दै लगातार दोस्रो अर्धशतक पूरा गरेका थिए ।
सान्दुन विराक्कोडी २९ बलमा ९ चौका र १ छक्का ५१ रनमा अविजित छन् । सान्दुनले भैरहवा ग्ल्याडिटयर्सविरुद्ध बिहीबार ५८ रनको उत्कृष्ट इनिङ खेलेका थिए । कप्तान कुशल भुर्तेल १७ बलमा ४ चौका र २ छक्का सहित ३२ रनमा क्याच आउट भए । ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको आक्रामक साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिएका थिए । कप्तान कुशल छैटौं ओभरको अन्तिम बलमा एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए । युवा अलराउन्डर योगेन्द्र सिंह कार्की १४ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित छन् ।
विराटनगरले टोलीमा कुनै परिवर्तन गरेको छैन । ललितपुरले एक परिवर्तन गरेको छ । भारतीय विकेटकिपर ब्याटर जयकिशन कोल्सावालालाई ललितपुरको टोलीमा छन् । उनी यसअघि ललितपुरको टोलीमा थिएनन् । २०१८ मा ललितपुरले उपाधि जित्दा कोल्सावालाले उत्कृष्ट प्रदर्शन गरेका थिए । ललितपुरले ओशदा फर्नान्डोलाई बाहिर राख्दै कोल्सावालाई मौका दिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]