4 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आजमतुल्लाह ओमरजाई र सान्दुन विराक्कोडीको अर्धशतकमा ललितपुर प्याट्रियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाई इतिहासकै सर्वाधिक ठूलो २ सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्का ५८ सहित रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । ओमरजाइले ब्यक्तिगत २ रनमै जीवनदान पाएका थिए । स्पिनर वसन्त रेग्मीको १४ औं ओभरको तेस्रो बलमा डिप मिडविकेटमा सुमित महर्जनले आजमतुल्लाह २ रनमा क्याच ड्रप गरेका थिए । जुन विराटनगरलाई ठूलो भारी पर्यो ।
विराटनगरलाई ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर दीलशान मुनावीराले छैटौं ओभरको अन्तिम बलमा कुशललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । कशुलले १७ बलमा ४ चौका र २ छक्का सहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्का सहित २८ रन जोड्दै आउट भए । योगेन्द्र सिकन्दर राजाको ११ औं ओभरको अन्तिम बलमा सुमित महर्जनबाट क्याच आउट भए ।
१३ औं ओभरको पहिलो बलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पवन सरार्फलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए । वसन्तले १४ औं ओभरको दोस्रो बलमा सान्दुनको बल ब्यक्तिगत ६६ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा सुमितले ओमरजाईको क्याच ड्रप गरेका थिए ।
नारायण जोशीले रामनरेश गिरीलाई अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । जोशी ४ बलमा ३ छक्का सहित १८ रनमा अविजित रहे । समग्रमा ललितपुरले खेलमा १९ छक्का प्रहार गरेको थियो । विराटनगरका करण केसीले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी., सिकन्दर राजा र दिलशान मुनाविराले १-१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]