4 years ago
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका शीर्षक्रममा ब्याटर दीलशान मुनाविराले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय २७ रनको विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले १४ ओभरमा २ विकेट गुमाउँद १ सय ४८ रन बनाएको छ ।

दीलशान मुनाविरा ३३ बलमा अर्धशतक प्रहार गरे । दीलशान ३४ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनमा अविजित छन् । सिकन्दर राजा १० बलमा २ चौका र २ छक्का सहित २३ रनमा अविजित छन् ।
ओपनर चन्द्रपाउल हेमराज र आसिफ शेखले ३.५ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आजमतुल्लाह ओमरजाईले बोल्ड गनुअघि हेमराजले १३ बलमा ४ चौका र १ छक्का सहित २८ रन बनाए । आसिफ शेख ३० बलमा ६ चौका सहित ३७ रनमा क्याच आउट हुन पुगेका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्का ५८ सहित रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । कप्तान कशुल भुर्तेल १७ बलमा ४ चौका र २ छक्का सहित ३२ रनमा आउट भए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]