default_image

4 years ago

October 1, 2021

विवेकले बचाए पोखराको साख

270 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विवेक यादवको अर्धशकतमा पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पोखरा विवेक यादव ४५ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनमा अविजित रहे । एक समय १ सय रन कटाउन पनि कठिन देखिएको पोखरालाई विवेकले विवेकपूर्ण ब्याटिङ गर्दै साख बचाएका थिए ।

खराब सुरुवात गर्नेक्रममा ८.१ ओभरमा ४२–५ को कमजोर अवस्थामा पुगेको पोखरालाई छैटौं विकेटका लागि विवेक र असेला गुणरत्नेले ५६ रनको साझेदारी गरेका थिए । गुणरत्ने २६ बलमा १ चौका सहित २५ रनमा रन आउट भए । तीव्र गतिका बलर कमलसिंह ऐरीको दोस्रो ओभरको दोस्रो बलमा ओपनर रित गौतम लङअनमा खडक बहादुर बोहराबाट २ रनमा क्याच आउट हुन पुगेका थिए ।

तेस्रो ओभरको पहिलो बलमा सुनिल धमला शून्यमा रन आउट भए । सोमपाल कामीले पाँचौं ओभरको तेस्रो बलमा मलेसिया युवा स्टार विरनदीपसिंहले मिडअनमा एक हातले उत्कृष्ट क्याच लिएपछि कप्तान विनोद भण्डारी ५ रनमा पेभिलिएन फर्केका थिए । स्पिनर साहब आलमको सातौं ओभरको चौथो बलमा ठूलो सट खेलेका ओपनर रिचार्ड लेभी लङअनमा ईशान पाण्डेबाट २० रनमा समातिन पुगेपछि पोखरा समस्यामा परेको थियो । लेभीले १७ बलमा १ चौका र २ छक्का प्रहार गरे । लोकेश बम ८ रनमा क्याच आउट भए ।

चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.